ऐतिहासिक शिखर वार्ताको १ वर्षपछि किमले ट्रम्पका लागि लेखे ‘सुन्दर पत्र’ « Khabarhub

ऐतिहासिक शिखर वार्ताको १ वर्षपछि किमले ट्रम्पका लागि लेखे ‘सुन्दर पत्र’


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको १ वर्ष पूरा भएको छ ।

दुई नेताबीच १ वर्ष अगाडि सिङ्गापुरको सेन्टोसा टापुस्थित केपेला होटेलमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो ।

ऐतिहासिक शिखर वार्ता १ वर्ष पूरा भएको उपलक्ष्यमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफूलाई ‘सुन्दर पत्र’ पठाएको राष्ट्रपति ट्रम्पले जनाएका छन् । व्यक्तिगत किसिमले लेखिएको उक्त पत्रमा किमले न्यानो र मैत्रीपूर्ण विषय उल्लेख गरिएको ट्रम्पले जनाएका छन् ।

यद्यपि उत्तर कोरियाली राज्यसञ्चालित मिडियाले यस्तो पत्रबारे भने कुनै टिप्पणी गरेको छैन ।

यद्यपि सर्वोच्च नेता किमसँग व्यक्तिगत सम्बन्ध स्थापना गर्न चाहेको बताउने ट्रम्पले उत्तर कोरियामा विशाल सम्भावना रहेको जनाएका छन् ।

दुई नेताबीच भएको ऐतिहासिक शिखर वार्ताका क्रममा कोरियाली प्रायद्विपमा आणविक निशस्त्रीकरणको पहललाई निरन्तरता दिने सहमति बने पनि दुई नेताबीच गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता नाटकीय रुपमा बिना निष्कर्ष टुङ्गिएको थियो । हानोई वार्ता पछि दुई मुलुकबीच विकसित हुँदै गएजस्तो देखिएको सम्बन्ध एकाएक मोडिएको थियो ।

उक्त शिखर वार्ता असफल हुनुमा दुबै मुलुकले एक अर्कालाई दोष दिँदै आएका छन् ।

यद्यपि दुई नेताबीच तेश्रो शिखर सम्मेलन हुने सम्भावनालाई भने दुबै मुलुकले अस्वीकार गरिसकेका छैनन् । मंगलबार मात्र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले तेश्रो शिखर वार्ता हुने÷नहुने विषय उत्तर कोरियाली इच्छाशक्तिमा भर पर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ३६ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले