साउदी अरबको विमानस्थलमा विष्फोट, २६ घाइते « Khabarhub

साउदी अरबको विमानस्थलमा विष्फोट, २६ घाइते


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबको दक्षिणपश्चिमी शहर अबहामा रहेको विमानस्थलमा विष्फोट हुँदा कम्तीमा २६ जना घाइते भएका छन् ।

यमनमा सक्रिय हुथी विद्रोही समूहले दाबी गरेको क्रुज क्षेप्यास्त्र आक्रमणबाट विष्फोट भएको जनाइएको छ ।

घाइते हुनेमा तीन महिला तथा दुई बालबालिकासमेत रहेको साउदी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हालसम्म पहिचान हुन नसकेको विष्फोटक पदार्थ विमानस्थलको आगमन कक्षमा विष्फोट भएको साउदी अधिकारीले जनाएका छन् ।

इरानसमर्थित हुथी लडाकुले यसअघि साउदी अरबको अबहा विमानस्थललाई लक्षित गरी क्रुज क्षेप्यास्त्रबाट आक्रमण गरिएको दाबी गरेको थियो ।

यमनको सीमाबाट १२५ किलोमिटर उत्तरमा रहेको अबहा विमानस्थलमा भएको आक्रमणबाट यमनमा सक्रिय हुथी विद्रोहीबाट साउदी अरबमा ठूलो सुरक्षा चुनौतिका रुपमा लिइएको छ ।

सन २०१५ यता साउदी अरब नेतृत्वको अरब गठबन्धनले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ । साउदी आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान जाने गरेको भन्दै आलोचना समेत हुने गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ४८ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले