दक्षिण कोरियाली टेलिभिजन हेर्दा उत्तर कोरियामा मृत्युदण्ड ! « Khabarhub

दक्षिण कोरियाली टेलिभिजन हेर्दा उत्तर कोरियामा मृत्युदण्ड !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाको एक गैर सरकारी संस्थाले उत्तर कोरियाले मानिसहरुलाई मृत्युदण्ड दिन प्रयोग गर्दै आएको ३१८ क्षेत्रहरुको पहिचान गरेको दाबी गरेको छ ।

‘ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुप’ नाम गरेको उक्त संस्थाले उत्तर कोरियाबाट भागेका ६ सय १० जनासँगको अन्तर्वार्तापछि तयार पारेको प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिनका लागि उत्तर कोरियामा प्रयोग हुँदै आएका क्षेत्रहरुको पहिचान गरिएको जनाएको छ ।

सार्वजनिक मृत्युदण्ड दिइने स्थानहरुमा नदी, मैदान, बजारक्षेत्र, विद्यालयक्षेत्र तथा खेलकुद मैदानसमेत रहेको जनाइएको छ । मारिनेहरु दक्षिण कोरियाली टेलिभिजन हेरेकोदेखि गाई चोरेको अभियोग लागेकाहरुसम्म रहेको उक्त संस्थाले जनाएको छ ।

मानिसहरुलाई मृत्युदण्ड दिइने बेला १ हजार जनासम्म मानिसहरु उपस्थित हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

मारिनेहरुका आफन्तलाई समेत मृत्युदण्ड दिइएको हेर्न विवश बनाइने गरेको जनाइएको छ । त्यसबाहेक मृत्युदण्ड पाएकाहरुका आफन्तलाई उनीहरुको शव पनि उपलब्ध गराइन्न ।

यसरी मृत्युदण्ड पाउने सबैभन्दा कान्छो व्यक्ति केबल ७ वर्षको रहेको जनाइएको छ ।

त्यस्तै, राजनीतिक अपराधमा अभियोग लागेकाहरुलाई भने श्रम शिविर र खानीहरुमा कठिन श्रमका लागि समेत पठाइने गरेको छ भने केहीलाई तीनै श्रम शिविरमा मृत्युदण्ड दिइने गरिएको छ ।

अधिकांशलाई गोली हानी मृत्युदण्ड दिइने गरेको र गोली हान्ने मानिसहरुले रक्सी पिएर गोली हान्ने गरिएको बताइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : २१ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले