हङकङको प्रदर्शन हिंसात्मक बन्दै « Khabarhub

हङकङको प्रदर्शन हिंसात्मक बन्दै


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । प्रदर्शनमा सहभागी दशौं हजार प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा र प्लाष्टिकका बोतल बर्षाएपछि जवाफमा प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शुरुमा शान्तिपूर्ण प्रदर्शन भइरहेका बेला एक्कासी प्रहरी र प्रदर्शनकारीबीच हिंसा मच्चिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छाता ओढेर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले छाताले प्रहरीमाथि आक्रमण गरेको र प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीतर्फ भागदौड मच्चिएको थियो ।

झडपमा दर्जनबढी प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले भने प्रदर्शनकारीमाथि प्लाष्टिकको गोली हानेको पुष्टि गर्दै स्थानीयलाई हिंसात्मक क्षेत्रबाट टाढै रहन आह्वान गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई हिंसा रोक्न उर्दी जारी गर्दै अवस्थालाई शान्त बनाउन समेत आह्वान गरेको छ ।

प्रदर्शनका कारण हङकङको अवस्था अस्तव्यस्त बनेको छ भने व्यापारिक गतिविधि समेत प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ सुपुर्दगी कानूनले हङकङमा व्यक्तिगत अधिकारलाई कुण्ठित पार्ने र त्यहाँ चीन सरकारको प्रभाव बढ्ने भन्दै विपक्षीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकै कारण हङकङको व्यवस्थापिकामा उक्त विधेयकमाथिको बहस समेत स्थगित भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ४६ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले