मुस्लिम धर्मावलम्बीको हज यात्रामा पनि भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

मुस्लिम धर्मावलम्बीको हज यात्रामा पनि भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा दर्ता


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरबमा हज गर्न जाने नेपाली मुस्लिम समुदायका तीर्थयात्रीका लागि सरकारले व्यवस्थापन गर्ने हवाइ टिकट खरिदमा समेत अनियमितता भएको पाइएको छ ।

साउदीको मक्का मदिनामा हज गर्न जाने नेपालीको हवाई टिकट खरिदका लागि भएको टेण्डर प्रक्रियामा नै भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको सचिवालयले ११ जेठ २०७४ मा हज गर्न जाने यात्रुका लागि हवाइ टिकट खरिद गर्न टेण्डर आह्वन गरेको थियो ।

हज समितिको टेण्डरमा फ्लाइ दुवईको नामबाट युनिभर्सल टूर एण्ड ट्राभल, एयर अरेबियाको नामबाट हीना ट्राभल्स एण्ड टूर तथा इतेहाद र टर्किस एयरलाइन्सको एजेन्ट रहेको सिललिंक ट्राभल्स एण्ड टूरले कोटेशन दर्ता गरेका थिए ।

जसमध्ये युनिभर्सल टूर एण्ड ट्राभलले ८८ हजार ९ सय ९५, हीना ट्राभल्स एण्ड टूरले ९० हजार र सिललिंक ट्राभल्स एण्ड टूरले ९५ हजार ३ सय रुपैयाँ प्रतिटिकका दरले कोटेशन दर्ता गरेका थिए ।

सार्वजनिक खरिद ऐनअनुसार आह्वान भएको टेण्डरमा सबैभन्दा कम मूल्य कबोल गर्ने संस्थाको कोटेशन स्वीकृत हुनुपर्ने हो । तर, हज समितिका अध्यक्ष मोहम्मद शोहेवलगायतको संलग्नतामा दोस्रो बढी रकम कबोल गर्ने संस्था हीना ट्राभल्स एण्ड टूरको कोटेश्वर स्वीकृत भएको अख्तियारले जनाएको छ ।

हज समितिका अधिकारीले हीना ट्राभल्स एण्ड टूरसँगको मिलेमतोमा ३८ लाख रुपैयाँ बराबरको हिनामिना गरेको अख्तियारको छानबिनबाट खुलेको छ ।

अख्तियारले हज गर्न जाने मुस्लिम समुदायका व्यक्तिलाई राज्यले उपलब्ध गराउने टिकटमाथि अनियमितता गरेको आरोपमा हज समितिका अध्यक्ष शोहेवसहित सदस्यहरु अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम विरुद्ध ३८ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले हज समितिका सदस्य सचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हीना ट्राभल्स एण्ड टूरका सञ्चालक दाउद हुसैनविरुद्ध पनि ३८ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : २२ बजे

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय

अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा

नायिका स्वस्तिमा नाचेको गीत ‘मायालाई के दिउँ म बैना’ टिकटकमा भाइरल

काठमाडौं – नायिका स्वस्तिमा खड्का र नायक रवीन्द्रसिंह बानियाँ शीर्ष