रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’ « Khabarhub

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा नपरेको विषयमा चित्त नदुखेको बताएका छन्। पार्टीले आफूलाई उपयुक्त जिम्मेवारी दिनेमा विश्वस्त रहेको उनले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ तेस्रो नम्बरमा परे पनि विजयी हुन नसकेपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

यससैबारेमा न्यौपानेले आफूलाई माया गर्ने र चासो राख्नेहरूबाट आएका प्रतिक्रियाप्रति धन्यवाद दिँदै पार्टी नेतृत्वको निर्णय स्वीकारेको बताए।

‘नेतृत्वले सुझबुझ गरेरै मलाई समानुपातिकमा नराखेको होला। किन राख्नुभएन भन्ने प्रश्नको जवाफ मसँग पनि छैन,’ उनले खबरहबसँग भने, ‘समानुपातिकमा नपरेकोमा चित्त दुखाइ छैन। पार्टीका अन्य जिम्मेवारी छन्, तीमध्ये कुनै जिम्मेवारी पार्टीले दिने विश्वास लिएको छु।’

पार्टी सभापति रवि लामिछानेको सचिवालयमा लामो समयदेखि काम गरेका न्यौपाने पूर्वपत्रकार समेत हुन्। । रास्वपालाई यो सफलतासम्म ल्याउनमा उनले निक्कै मिहिनेत गरेका थिए ।

तर वरिष्ठ नेता बालेन्द्र साहका मान्छे अटाउन रविनिकट न्यौपानेको नाम अन्तिममा काटिएको हो।

न्यौपाने विभिन्न विषयमा प्रखर विचार राख्ने नेताका रूपमा परिचित छन् । पार्टीभित्र उनलाई लामिछानेको ‘दाहिने हात’का रूपमा चिनिन्छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : १८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष