रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’ « Khabarhub

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा नपरेको विषयमा चित्त नदुखेको बताएका छन्। पार्टीले आफूलाई उपयुक्त जिम्मेवारी दिनेमा विश्वस्त रहेको उनले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ तेस्रो नम्बरमा परे पनि विजयी हुन नसकेपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

यससैबारेमा न्यौपानेले आफूलाई माया गर्ने र चासो राख्नेहरूबाट आएका प्रतिक्रियाप्रति धन्यवाद दिँदै पार्टी नेतृत्वको निर्णय स्वीकारेको बताए।

‘नेतृत्वले सुझबुझ गरेरै मलाई समानुपातिकमा नराखेको होला। किन राख्नुभएन भन्ने प्रश्नको जवाफ मसँग पनि छैन,’ उनले खबरहबसँग भने, ‘समानुपातिकमा नपरेकोमा चित्त दुखाइ छैन। पार्टीका अन्य जिम्मेवारी छन्, तीमध्ये कुनै जिम्मेवारी पार्टीले दिने विश्वास लिएको छु।’

पार्टी सभापति रवि लामिछानेको सचिवालयमा लामो समयदेखि काम गरेका न्यौपाने पूर्वपत्रकार समेत हुन्। । रास्वपालाई यो सफलतासम्म ल्याउनमा उनले निक्कै मिहिनेत गरेका थिए ।

तर वरिष्ठ नेता बालेन्द्र साहका मान्छे अटाउन रविनिकट न्यौपानेको नाम अन्तिममा काटिएको हो।

न्यौपाने विभिन्न विषयमा प्रखर विचार राख्ने नेताका रूपमा परिचित छन् । पार्टीभित्र उनलाई लामिछानेको ‘दाहिने हात’का रूपमा चिनिन्छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : १८ बजे

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको