प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक « Khabarhub

प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले बुधबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेल असार ४ गते महेन्द्रनगरमा हुनेछ । ४ गते नै अर्को एक खेल हुनेछ जसमा प्रदेश २ र कर्णाली प्रदेशबीच हुनेछ ।

प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टिम छन् । विभागिय टोलीबाट एपीएफको सहभागिता जनाएको हो । प्रतियोगितामा दैनिक दुई खेल हुनेछन् । समूह ए मा एपीएफ क्लब, सुदूरपश्चिम क्लब, प्रदेश नम्बर ५ र गण्डकी प्रदेश रहेका छन् भने समूह बी मा प्रदेश नम्बर १,२,३ र कर्णाली प्रदेश रहेका छन् । पहिलो खेल बिहान ८ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

८ टोलीलाई २ समूह विभाजन गरेर प्रतियोगिता आयोजना गरिँदैछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : २८ बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक