‘लोकसेवा आयोगले निर्णय नगर्दासम्म आवेदन रोकिँदैन’ « Khabarhub

‘लोकसेवा आयोगले निर्णय नगर्दासम्म आवेदन रोकिँदैन’


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिए पनि आयोग पदाधिकारीको बैठकले निर्णय नगर्दासम्म आवेदन प्रक्रिया नरोकिने जनाएको छ ।

आयोगका प्रवक्ता किरणराज शर्माले समितिको पत्र आयोगलाई प्राप्त भइसकेकाले चाँडै नै पत्रबारे आयोग पदाधिकारीको बैठक बसेर निर्णय गर्ने बताए । समितिको विज्ञापन रद्द गर्ने निर्देशनको पत्र आज आयोगलाई प्राप्त भएको हो ।

परीक्षार्थीलाई अप्ठ्यारो नपरोस् भन्नेतर्फ आयोग सचेत रहेकाले चाँडै नै निर्णय गरिने उनले बताए । सोमबार समितिले स्थानीय तहको लागि खोलिएको नौ हजार १६१ पदको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।

शर्माले आयोग स्वच्छ निकाय भएकाले कानून र संविधानको पूर्ण पालना गर्ने भन्दै आयोग कुनै विवादमा नआउने बताए । आयोगले समितिको निर्देशन तथा निर्णयलाई सम्मान गर्ने बताउँलै प्रवक्ता शर्माले  अहिलेसम्म करीब ९५ हजार परीक्षार्थीले फाराम भरिसकेका छन् ।

यसैबीच, आदिवासी जनजाति महासङ्घले विज्ञापनमा आरक्षण कोटा निर्धारण नगरेकोले विज्ञापन खारेज गर्नुपर्ने भन्दै बुधबार माइतीघर मण्डलामा प्रदशन गरेको छ । उनीहरुले विज्ञापनमा आरक्षण कोटा निर्धारण नगरिएकाले खारेज गर्दै पुनः विज्ञापन गर्नुपर्ने माग राखेका छन् ।

यस्तै साझा विवेकशील पार्टी नेपालले समितिले दिएको निर्देशनको विरोधमा प्रदर्शन गरेको छ । समितिले दिएको निर्देशन फिर्ताको माग राख्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएका पार्टीका कार्यकर्ताले ‘लोकसेवा आयोगमाथि हस्तक्षेप गर्न पाइँदैन, विद्यार्थीको भविष्यमाथि खेलवाड बन्द गर’लगायत नारा लगाएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : ०३ बजे

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके

प्रधानमन्त्रीद्वारा आफ्नो भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी (पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रिय सभालाई

मुग्लिन-पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव

दमौली– पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा

नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु

काठमाडौँ– नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु

प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के भने ?

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार