‘लोकसेवा आयोगले निर्णय नगर्दासम्म आवेदन रोकिँदैन’ | Khabarhub Khabarhub

‘लोकसेवा आयोगले निर्णय नगर्दासम्म आवेदन रोकिँदैन’


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिए पनि आयोग पदाधिकारीको बैठकले निर्णय नगर्दासम्म आवेदन प्रक्रिया नरोकिने जनाएको छ ।

आयोगका प्रवक्ता किरणराज शर्माले समितिको पत्र आयोगलाई प्राप्त भइसकेकाले चाँडै नै पत्रबारे आयोग पदाधिकारीको बैठक बसेर निर्णय गर्ने बताए । समितिको विज्ञापन रद्द गर्ने निर्देशनको पत्र आज आयोगलाई प्राप्त भएको हो ।

परीक्षार्थीलाई अप्ठ्यारो नपरोस् भन्नेतर्फ आयोग सचेत रहेकाले चाँडै नै निर्णय गरिने उनले बताए । सोमबार समितिले स्थानीय तहको लागि खोलिएको नौ हजार १६१ पदको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।

शर्माले आयोग स्वच्छ निकाय भएकाले कानून र संविधानको पूर्ण पालना गर्ने भन्दै आयोग कुनै विवादमा नआउने बताए । आयोगले समितिको निर्देशन तथा निर्णयलाई सम्मान गर्ने बताउँलै प्रवक्ता शर्माले  अहिलेसम्म करीब ९५ हजार परीक्षार्थीले फाराम भरिसकेका छन् ।

यसैबीच, आदिवासी जनजाति महासङ्घले विज्ञापनमा आरक्षण कोटा निर्धारण नगरेकोले विज्ञापन खारेज गर्नुपर्ने भन्दै बुधबार माइतीघर मण्डलामा प्रदशन गरेको छ । उनीहरुले विज्ञापनमा आरक्षण कोटा निर्धारण नगरिएकाले खारेज गर्दै पुनः विज्ञापन गर्नुपर्ने माग राखेका छन् ।

यस्तै साझा विवेकशील पार्टी नेपालले समितिले दिएको निर्देशनको विरोधमा प्रदर्शन गरेको छ । समितिले दिएको निर्देशन फिर्ताको माग राख्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएका पार्टीका कार्यकर्ताले ‘लोकसेवा आयोगमाथि हस्तक्षेप गर्न पाइँदैन, विद्यार्थीको भविष्यमाथि खेलवाड बन्द गर’लगायत नारा लगाएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : ०३ बजे

विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा

म्याग्दी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति घटाउन,

एकीकृत समाजवादीको ‘समाजवादी अभियान’ सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय

सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चा 

काठमाडौं– समाजवादी मोर्चा, नेपालले सरकारको कुशासन र अस्तव्यस्तताका कारण जनतामा

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन

 वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत