गुठी विधेयकः विप्लव नेकपाले गर्‍यो प्रहरी दमनको निन्दा « Khabarhub

गुठी विधेयकः विप्लव नेकपाले गर्‍यो प्रहरी दमनको निन्दा


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुठी विधेयकविरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले गरेको हस्तक्षेपप्रति विप्लव नेतृत्वको नेकपाले भत्र्सना गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गुठी विधेयकविरुद्ध प्रदर्शनमा उत्रेका जनताहरुलाई गृह प्रशासनद्वारा गरेको बर्बर दमनप्रति घोर आपत्ति र निन्दा गरेका छन् ।

विज्ञेप्तीमा भनिएको छ, ‘सामाजिक दलाल सरकार एकपछि अर्को गरी जनअधिकार कुल्चिदै फासिवादको अभ्यास गरिराखेको छ । यसै गरी सदनमा प्रस्तुत गरिएको गुठी विधेयक पनि एउटा यसैको उदाहरण हो ।’

गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन पर्ने तर्क गर्दै ‘तर पछिल्लो समय गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाई किन विधेयक निर्माण गरिदैछ’ भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यसको विरुद्ध उठेका जनताको शान्तिपूर्ण र बैधानिक संघर्षमा जुन बर्बर दमन भयो हाम्रो पार्टी त्यस खाले दमनको घोर निन्दा गर्दछ ।’

साथै विप्लव नेकपाले उक्त वैधानिक र न्यायपूर्ण आन्दोलनमा घाइते भएकाहरुको उचित उपचारको व्यवस्थापन गर्न र न्यायपूर्ण समाधानका लागि जोडदार माग गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै