कजाखस्तानको इतिहासकै दोश्रो राष्ट्रपतिले लिए सपथ « Khabarhub

कजाखस्तानको इतिहासकै दोश्रो राष्ट्रपतिले लिए सपथ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नूरसुल्तान– कजाखस्तानको इतिहासकै दोश्रा राष्ट्रपतिका रुपमा कसिम जोमार्ट टोकाएभले सपथ लिएका छन् । राजधानी नूरसुल्तानमा प्रहरीको बाक्लो उपस्थितीमा टोकाएभले मुलुकको दोश्रो राष्ट्रपतिका रुपमा बुधबार सपथ ग्रहण गरेका हुन् ।

गत आइतबार त्यहाँ भएको निर्वाचनमा टोकाएभ विजयी भएको औपचारिक घोषणापछि उनले राष्ट्रपतिको सपथ ग्रहण गरेका हुने । निर्वाचनका क्रममा भएको प्रदर्शनका क्रममा प्रहरीले ५ सय जनाभन्दा धेरैलाई नियन्त्रणमा लिएको थियो । यसअघि मुलुकका पहिलो राष्ट्रपति नूरसुल्तान नजरबयेभले गत मार्चमा एक्कासी पदबाट राजीनामा दिएपछि उनको स्थानमा टोकाएभ राष्ट्रपति बनेका थिए ।

कजाखस्तानले तत्कालिन सोभियत संघबाट स्वतन्त्रता पाएयता सन् १९९१ देखि नजरबयेभ त्यहाँका राष्ट्रपति रहँदै आएका थिए । नवनिर्वाचित राष्ट्रपति टोकाएभले पनि नजरबयेभकै परिकल्पनाअनुसार कजाखस्तानको विकास र समृद्धिलाई निरन्तरता दिने बाचा गरेका छन् ।

नजरबयेभको शासनकालमा कजाखस्तानमा मानअधिकार तथा अन्य स्वतन्त्रतामाथि अंकुश लाग्दै आएको भन्दै आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ९ : २३ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले