प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगार संयोजकको ‘सर्ट लिस्ट’ सार्वजनिक (सूचीसहित) « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगार संयोजकको ‘सर्ट लिस्ट’ सार्वजनिक (सूचीसहित)


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७ सय ५३ वटै स्थानीय तहका लागि खटाइने रोजगार संयोजक पदमा आवेदन दिएका परीक्षार्थीहरूको प्रारम्भीक योग्यताका आधारमा सूची सार्वजनिक गरेको गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सोमबारको बैठकबाट सर्ट लिस्ट छानिएको मन्त्रायलले जनाएको छ । हरेक स्थानीय तहमा एक रोजगार संयोजक राख्ने गरी सरकारले आवेदन आह्वान गरेको थियो ।

पहिलो पटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको मन्त्रालयले जानकारी दिएको छ ।

अधिकृत तथा नासुसरह गरी कूल २३ हजार ९१७ आवेदन परेकामा २ हजार २ सय ६२ जनालाई सर्ट लिस्टमा राखिएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशका स्थानीय तहहरूमा खटाउने रोजगार संयोजक पदमा आवेदन दिएकामध्ये माग संख्या ७ सय ५३ को तीन गुणा बढीलाई प्रारम्भीक योग्यताक्रमको सूची (सर्ट लिस्ट) मा समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

१० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायब सुब्बा सरह र अन्यमा अधिकृत सरह रोजगार अधिकृत राख्नेगरी सरकारले आवेदन मागेको थियो । सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको  ।

अब सर्ट लिस्टमा परेकाहरूलाई कम्प्युटर सीप परीक्षा लिइनेछ । अन्तिम सूची सार्वजनिक गरिनेछ । सरकारले फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गदै छ ।

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (प्रदेश १)

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (प्रदेश २)

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (प्रदेश ३)

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (गण्डकी प्रदेश )

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली ( प्रदेश ५ )

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली ( कर्णाली प्रदेश)

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (सुदुर पश्चिम प्रदेश)

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ११ : ०७ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य