काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।
खेलमा भारतले पाचौँ विकेट गुमाएको छ । खेलको ४५ ओभर २ बलमा भारतका तिलक वर्मा आउट भए ।
आउट हुनुअघि उनले १ सय १३ बलमा १०७ रनको शतकीय पारी खेले । यस क्रममा उनले ६ चौका र ४ छक्का प्रहार गरे ।
उनको स्थानमा सूर्यांश सेग्डे क्रिजमा आएका छन् । अहिले क्रिजमा उनीसँगै रिंकु सिंह पनि छन् ।
खेलको ४४ ओभर १ बलमा कुशल भुर्तेललाई चौका प्रहार गर्दै वर्माले शतक प्रहार गरेका थिए ।
यसअघि कुमार कुशाग्रले पनि भारतका लागि शतक प्रहार गरेका थिए । १०२ बलमा ११७ रन बनाएका उनी पनि खेलको ४२ ओभर २ बलमा ललीत राजवंशीबाट आउट भइसकेका छन् ।














प्रतिक्रिया