प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगार संयोजकको ‘सर्ट लिस्ट’ सार्वजनिक (सूचीसहित) « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगार संयोजकको ‘सर्ट लिस्ट’ सार्वजनिक (सूचीसहित)


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७ सय ५३ वटै स्थानीय तहका लागि खटाइने रोजगार संयोजक पदमा आवेदन दिएका परीक्षार्थीहरूको प्रारम्भीक योग्यताका आधारमा सूची सार्वजनिक गरेको गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सोमबारको बैठकबाट सर्ट लिस्ट छानिएको मन्त्रायलले जनाएको छ । हरेक स्थानीय तहमा एक रोजगार संयोजक राख्ने गरी सरकारले आवेदन आह्वान गरेको थियो ।

पहिलो पटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको मन्त्रालयले जानकारी दिएको छ ।

अधिकृत तथा नासुसरह गरी कूल २३ हजार ९१७ आवेदन परेकामा २ हजार २ सय ६२ जनालाई सर्ट लिस्टमा राखिएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशका स्थानीय तहहरूमा खटाउने रोजगार संयोजक पदमा आवेदन दिएकामध्ये माग संख्या ७ सय ५३ को तीन गुणा बढीलाई प्रारम्भीक योग्यताक्रमको सूची (सर्ट लिस्ट) मा समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

१० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायब सुब्बा सरह र अन्यमा अधिकृत सरह रोजगार अधिकृत राख्नेगरी सरकारले आवेदन मागेको थियो । सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको  ।

अब सर्ट लिस्टमा परेकाहरूलाई कम्प्युटर सीप परीक्षा लिइनेछ । अन्तिम सूची सार्वजनिक गरिनेछ । सरकारले फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गदै छ ।

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (प्रदेश १)

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (प्रदेश २)

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (प्रदेश ३)

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (गण्डकी प्रदेश )

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली ( प्रदेश ५ )

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली ( कर्णाली प्रदेश)

रोजगार संयोजक पदका लागि सर्ट लिस्टमा परेकाहरूको नामावली (सुदुर पश्चिम प्रदेश)

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ११ : ०७ बजे

धनगढीमा डा. गोविन्द केसीले सुरु गरे २४औँ सत्याग्रह

धनगढी– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सुदूरपश्चिमको धनगढीबाट आफ्नो

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा