विराटनगरले दियो रुपन्देहीलाई ९४ रनको लक्ष्य | Khabarhub Khabarhub

विराटनगरले दियो रुपन्देहीलाई ९४ रनको लक्ष्य


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ९४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले ब्याट्सम्यान चल्न नसक्दा कम योगफलमा समेटियो । निर्धारित २० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर विराटनगरले ९३ रन मात्रै बनाउन सक्यो ।

विराटनगरका लागि नटआउट रहेका राजेश पुलामि मगरले १७ रन, असदुल्ला खानले १६ रन बनाए भने कुशल भुर्तेलले १२ तथा साम्सद शेखले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन् ।

विराटनगरविरुद्ध रुपन्देहीका बलरले उत्कृष्ट प्रदर्शन गर्दै ९३ रनमा समेट्न सफल भए । जसमा रुपन्देहीका लागि भारतीय खेलाडी पुनित मेहराले ४ ओभर बलिङ गर्दै १ मेडन ओभर राख्दै २० रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, समान ४ ओभर बलिङ गरेका ललितनारायण राजवंशी र कप्तान वसन्त रेग्मीले समान २—२ विकेट लिए । पहिलो खेलमा म्यान अफ दी म्याच घोषीत विक्रम शोव र कृष्ण कार्कीले समान १—१ विकेट लिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  २ : ५७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही