सार्वजनिक खरिद ऐनकै कारण विकासको काम प्रभावितः मुख्यमन्त्री पौडेल « Khabarhub

सार्वजनिक खरिद ऐनकै कारण विकासको काम प्रभावितः मुख्यमन्त्री पौडेल


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले विद्यमान सार्वजनिक खरिद ऐनकै कारण विकासको काम प्रभावित भएको बताएका छन् । प्रदेश सरकार गठन भएको प्रथम बार्षिकोत्सवको अवसरमा मूख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा बोल्दै मूख्यमन्त्री डोरमणी पौडेलले विद्यमान सार्वजनिक खरिद ऐन रहेसम्म विकासको काम अघि बढ्न गाह्रो रहेको बताए ।

उनले एउटा विकासको काम अघि बढाउन ७ देखि ९ महिना प्रक्रियामा अलमलिनुपर्ने भएकाले अपेक्षाकृत विकास हुन नसकेको बताए । संरचना तयार गर्दै प्रदेश सरकारले काम गरिरहेको र केही कानूनको अभाव रहेको समेत बताए ।

कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल लगायतको एक बर्षको कामको समिक्षा गरेका थिए ।

कार्यक्रममा प्रदेश सरकारलाई सहयोग गर्ने नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३, तत्कालीन प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला समन्वय समिति र कर्मचारीहरुलाई सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : ५० बजे

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल