अमेरिका पुगेका बिराज फुटबल गतिविधिमा व्यस्त « Khabarhub

अमेरिका पुगेका बिराज फुटबल गतिविधिमा व्यस्त


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन यति बेला अमेरिकाको क्यालिर्फोनिया राज्यमा छन् ।

लस एन्जल्समा भएको चौथो नेपलिज कन्भिन्सन २०१९ मा भाग लिन उनी अमेरिका पुगेका हुन् ।

अमेरिकामा रहँदा विजार विभिन्न भेटघाटमा व्यस्त रहेका छन् । यसैक्रमा विराजको क्यालिर्फोनिया राज्यका सिनेटरसँग पनि भेट भएको छ ।

उनले नेपलीज अमेरिकन कन्भिन्सन कार्यक्रममा क्रममा सिनेटर बब आर्चुलेटालाई भेटेका हुन् । त्यक्रममा कप्तान विराजले आर्चलेटालाई नेपाली फुटबल टोलीको जर्सी उपहार दिएका थिए ।

नेपाली फुटबलको सम्मानमा आर्चलेटाले उक्त जर्सी सिनेटरको कार्यालयमा सजाएर राख्ने प्रतिवद्धता जनाएको विराजले खबरहबसँग बताए । ‘यहाँ बस्ने नेपाली युवाहरुलाई मोटिभेसन होस् भन्ने योजनाले यो कार्यक्रममा सहभागि हुन आएको हुँ । त्यहीँ कार्यक्रममा क्यालिफोर्निया राज्यका सिनेटरसँग भेट भयो । उहाँले नेपाली फुबटलबारे जान्न चहानु भएको थियो । त्यो मैले सुनाए र मैले नेपाली समुदायबारे पनि कुरा गरे,’ कप्तान महर्जनले भने ‘नेपाली फुटबलको प्रगतिको शुभकामना समेत दिनु भएको थियो ।’

अमेरिका रहेका कप्तान विराजले त्यहाँ पनि फुटबल खेलेका छन् । यस्तै, लस एन्जल्समा विराजले विभिन्न क्षेत्रमा कार्यरत नेपालीसँग पनि भेटघाट गरेका छन् ।

अमेरिकको क्यालीफोर्नियामा रहेको नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा समेत उनी सहभागि भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ३ : ३३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन