अमेरिका पुगेका बिराज फुटबल गतिविधिमा व्यस्त « Khabarhub

अमेरिका पुगेका बिराज फुटबल गतिविधिमा व्यस्त


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन यति बेला अमेरिकाको क्यालिर्फोनिया राज्यमा छन् ।

लस एन्जल्समा भएको चौथो नेपलिज कन्भिन्सन २०१९ मा भाग लिन उनी अमेरिका पुगेका हुन् ।

अमेरिकामा रहँदा विजार विभिन्न भेटघाटमा व्यस्त रहेका छन् । यसैक्रमा विराजको क्यालिर्फोनिया राज्यका सिनेटरसँग पनि भेट भएको छ ।

उनले नेपलीज अमेरिकन कन्भिन्सन कार्यक्रममा क्रममा सिनेटर बब आर्चुलेटालाई भेटेका हुन् । त्यक्रममा कप्तान विराजले आर्चलेटालाई नेपाली फुटबल टोलीको जर्सी उपहार दिएका थिए ।

नेपाली फुटबलको सम्मानमा आर्चलेटाले उक्त जर्सी सिनेटरको कार्यालयमा सजाएर राख्ने प्रतिवद्धता जनाएको विराजले खबरहबसँग बताए । ‘यहाँ बस्ने नेपाली युवाहरुलाई मोटिभेसन होस् भन्ने योजनाले यो कार्यक्रममा सहभागि हुन आएको हुँ । त्यहीँ कार्यक्रममा क्यालिफोर्निया राज्यका सिनेटरसँग भेट भयो । उहाँले नेपाली फुबटलबारे जान्न चहानु भएको थियो । त्यो मैले सुनाए र मैले नेपाली समुदायबारे पनि कुरा गरे,’ कप्तान महर्जनले भने ‘नेपाली फुटबलको प्रगतिको शुभकामना समेत दिनु भएको थियो ।’

अमेरिका रहेका कप्तान विराजले त्यहाँ पनि फुटबल खेलेका छन् । यस्तै, लस एन्जल्समा विराजले विभिन्न क्षेत्रमा कार्यरत नेपालीसँग पनि भेटघाट गरेका छन् ।

अमेरिकको क्यालीफोर्नियामा रहेको नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा समेत उनी सहभागि भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ३ : ३३ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा