‘अमेरिकी दूतावासको सम्पर्क सुत्र’बारे गगन थापाले गरे यस्तो खण्डन « Khabarhub

‘अमेरिकी दूतावासको सम्पर्क सुत्र’बारे गगन थापाले गरे यस्तो खण्डन


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूविरुद्ध गत सोमबार एक अनलाईनमा प्रकाशित समाचारका विषयमा खण्डन गरेका छन् ।

अनलाइनमा उनी अमेरिकी दूतावासको सम्पर्क सुत्र रहेको समाचार सार्वजनिक भएपछि उनले शुक्रबार फेसबुक लाइभमा सो समाचारको खण्डन गरेका हुन् । २०६८ सालमा विकिलिक्सको सार्वजनिक गरेको दस्तावेजका आधारमा आफूमाथि अमेरिकी दूतावासका लागि काम गर्ने व्यक्तिको आरोप लगाइएको नेता थापाको भनाइ छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष भिडियो सन्देश जारी गर्दै नेता थापाले वर्षौंअघि सार्वजनिक तथा सार्वजनिक रुपमा उपलब्ध दस्तावेजका आधारमा समाचार लेखेर आफूलाई फसाउन खोजेको आरोप लगाए ।

उनले उक्त दस्तावेजमा आफूलाई ‘कि कन्ट्याक्ट’ भनिएकाले आफूमाथि अमेरिकी दूतावासका लागि काम गरेको आरोप लागेको भन्दै थापाले सोही दस्तावेजमा नेपालका अन्य नेता तथा व्यावारीहरुलाई पनि यस्तै पदावली प्रयोग भएको तर उनीहरुबारे कुनै समाचार सार्वजनिक नभएकाले आफूलाई जानाजान विवादमा तान्ने प्रयास गरिएको स्पष्ट पारे ।

हालै हार्डवर्ड विश्वविद्यालयमा अध्ययनका लागि गएका कारण पनि आफू अमेरिकाका लागि काम गर्ने गरेको भन्ने भ्रम परेको हुनसक्ने भन्दै नेता थापाले आफू विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर कार्यक्रममार्फत् हार्डवर्डमा अध्ययनका लागि गएको नेता थापाले स्पष्ट पारे ।

यो कार्यक्रममार्फत् हरेक वर्ष युवा नेताहरुलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनको मौका दिने भन्दै उनले यही वर्ष सिङ्गापुरमा अध्ययनका लागि जाने बताए ।

उनले विदेश भ्रमण तथा भेटघाटहरु भइरहने भन्दै आफ्ना स्वभाविक भ्रमण र भेटघाटबारे आफू जानकार रहेको सरोकारबालालाई जानकारी गराए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : २० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन