‘अमेरिकी दूतावासको सम्पर्क सुत्र’बारे गगन थापाले गरे यस्तो खण्डन | Khabarhub Khabarhub

‘अमेरिकी दूतावासको सम्पर्क सुत्र’बारे गगन थापाले गरे यस्तो खण्डन


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूविरुद्ध गत सोमबार एक अनलाईनमा प्रकाशित समाचारका विषयमा खण्डन गरेका छन् ।

अनलाइनमा उनी अमेरिकी दूतावासको सम्पर्क सुत्र रहेको समाचार सार्वजनिक भएपछि उनले शुक्रबार फेसबुक लाइभमा सो समाचारको खण्डन गरेका हुन् । २०६८ सालमा विकिलिक्सको सार्वजनिक गरेको दस्तावेजका आधारमा आफूमाथि अमेरिकी दूतावासका लागि काम गर्ने व्यक्तिको आरोप लगाइएको नेता थापाको भनाइ छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष भिडियो सन्देश जारी गर्दै नेता थापाले वर्षौंअघि सार्वजनिक तथा सार्वजनिक रुपमा उपलब्ध दस्तावेजका आधारमा समाचार लेखेर आफूलाई फसाउन खोजेको आरोप लगाए ।

उनले उक्त दस्तावेजमा आफूलाई ‘कि कन्ट्याक्ट’ भनिएकाले आफूमाथि अमेरिकी दूतावासका लागि काम गरेको आरोप लागेको भन्दै थापाले सोही दस्तावेजमा नेपालका अन्य नेता तथा व्यावारीहरुलाई पनि यस्तै पदावली प्रयोग भएको तर उनीहरुबारे कुनै समाचार सार्वजनिक नभएकाले आफूलाई जानाजान विवादमा तान्ने प्रयास गरिएको स्पष्ट पारे ।

हालै हार्डवर्ड विश्वविद्यालयमा अध्ययनका लागि गएका कारण पनि आफू अमेरिकाका लागि काम गर्ने गरेको भन्ने भ्रम परेको हुनसक्ने भन्दै नेता थापाले आफू विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर कार्यक्रममार्फत् हार्डवर्डमा अध्ययनका लागि गएको नेता थापाले स्पष्ट पारे ।

यो कार्यक्रममार्फत् हरेक वर्ष युवा नेताहरुलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनको मौका दिने भन्दै उनले यही वर्ष सिङ्गापुरमा अध्ययनका लागि जाने बताए ।

उनले विदेश भ्रमण तथा भेटघाटहरु भइरहने भन्दै आफ्ना स्वभाविक भ्रमण र भेटघाटबारे आफू जानकार रहेको सरोकारबालालाई जानकारी गराए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : २० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय