अपराध अनुसन्धानमा परम्परागत तरिकालाई परिमार्जन गर्नु आवश्यकः महानिरीक्षक खनाल « Khabarhub

अपराध अनुसन्धानमा परम्परागत तरिकालाई परिमार्जन गर्नु आवश्यकः महानिरीक्षक खनाल


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धान तथा नियन्त्रणमा विशिष्ट पहिचान बोकेको अपराध अनुसन्धान कार्ययोजनालाई तत्काल एक्सनमै रुपान्तरण गर्नका लागि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना एक दिवसीय समीक्षा कार्यक्रमको समापन गर्दै प्रहरी महानिरीक्षक खनालले सो कुरा बताएका हुन् ।  विशिष्ट अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने क्रममा नेपाल प्रहरीको मेरुदण्डको रुपमा रहेको यस कार्ययोजनालाई कार्यक्षेत्रमै तुरुन्तै परिणाम देखिने गरी अगाडि बढाउनुपर्ने उनले बताए ।

दक्षता, ज्ञान, सीप र नविन शैलीका साथ मानसिक रुपमा तयार भई चाहेको परिणाम आउने गरी चुनौतीको सामना गर्न सामर्थ्यका साथ अगाडि बढ्नुपर्नेमा महानिरीक्षक खनालले जोड दिए ।

परम्परागत तरिकालाई परिमार्जन गर्दै अगाडि बढ्न मातहत समेतलाई दक्षता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न कार्ययोजनाको अहम् भूमिका रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट अपराध अनुसन्धान गर्न सहज वातावरण बन्ने बताए ।

सो अवसरमा कार्यक्रमको निष्कर्ष तथा कार्यक्रमबारे प्रकाश पार्दै प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले कार्यक्रमलाई अझ बढी प्रभावकारी ढंगबाट कार्यान्यवन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता लोकराज पराजुलीले कार्ययोजनाका क्रियाकलापले अपराध अनुसन्धानलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाई फौजदारी मुद्दामा सफलता पाउन मद्दत पुग्ने बताए ।

प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त समिक्षा कार्यक्रममा उक्त विभाग, नेपाल प्रहरीको अनुसन्धान सम्बन्धि विशिष्टिकृत ब्यूरोहरु, संघीय प्रहरी ईकाई कार्यालयका प्रमुखहरु, फरेन्सिक विज्ञहरु, अदालतका रजिष्ट्रार तथा श्रेस्तेदारहरु र मुद्धा चल्ने प्रहरी ईकाईका प्रतिनिधि प्रहरी अधिकृतहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : ४५ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३