शुरु भयो ‘एक घर, एक रोजगार’ कार्यक्रम « Khabarhub

शुरु भयो ‘एक घर, एक रोजगार’ कार्यक्रम


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो ।

‘कामका लागि विदेशमा जाने व्यक्तिलाई स्थानीयस्तरमै रोजगारी दिने उद्देश्यअनुरुप यो नीति अवलम्बन गरेका हौँ’, नगरप्रमुख हस्त पुनले भने, ‘एक घरका एक जनालाई कम्तीमा १०० दिनको रोजगारी दिन्छौँ ।’ नगरपालिकाले लिएको नीतिले विदेश जाने युवालाई रोक्ने र गाउँमै सिर्जनात्मक काममा संलग्न हुन सहयोग गर्ने उनले बताए।

नगरपालिकाले युवालाई स्वरोजगार बनाउनका लागि यस्ता खालका व्यावसायिक कार्यक्रम ल्याएको छ । पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन अन्तर्गत युवालाई कृषिकर्म, पर्यटन, होमस्टेलगायतका व्यवसायमा जोड्ने नीति नगरपालिकाले लिएको छ ।

नगरपालिकाले भविष्यका आधारका रुपमा बालबालिकामा लगानी, विकास र समृद्धिका लागि युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई अनुभव बैंकका रुपमा लिँदै सोहीअनुसार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

नीति तथा कार्यक्रममा आगामी आवमा २०० खर र परालको छाना भएका घरलाई जस्तापाताको छानोमुनि ल्याउने उल्लेख छ । ‘यसका लागि जस्तापाता खरीदमा लाग्ने रकमको ३० प्रतिशन नगरपालिकाले अनुदान दिन्छ’, प्रमुख पुनले भने, ‘आगामी तीन वर्षभित्रमा गुर्भाकोटलाई खर र परालको छानोमुक्त बनाउने लक्ष्य लिएका छौँ ।’

नगरपालिकाले महिलाका लागि ‘उपप्रमुख उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । ‘यो कार्यक्रमअन्तर्गत १४ वटै वडामा उद्यम विकास केन्द्र स्थापना गरिने छ’, उपप्रमख मैना विकले भने, ‘महिलालाई स्वरोजगार बनाउनका लागि यो कार्यक्रम ल्याइएको हो ।’

त्यसैगरी नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानअन्तर्गत प्रत्येक नागरिकका घरघरमा खानेपानीको पहुँच पुर्‍याउनका लागि विभिन्न योजना अघि ल्याएको छ । यस्तै नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई स्थानीय पौष्टिक खानाको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाका घरलाई स्वास्थ्य जनचेतनास्थलको रुपमा विकास गर्ने, ‘एक घर, एक करेसाबारी’ अन्तर्गत कृषि उत्पादनको विविधिकरण र विशिष्टीकरण गर्नुका साथै कम्तीमा पनि १५ कृषक तथा समूहलाई कृषि ऋण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई ‘हाम्रो बैंक’ सम्मान प्रदान गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ६ : ५९ बजे

वाग्मती सफाइ महाअभियान ७०७औँ हप्तामा, उत्तर वाहिनी क्षेत्रमा सफाइ

काठमाडौँ- वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर

किस्ट अस्पतालले मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने

ललितपुर- ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालले भारतको मेदान्ता अस्पतालसँगको सहकार्यमा नेपालमा

यमनको तट नजिक सशस्त्र समूहद्वारा कार्गो जहाज अपहरण

एजेन्सी-  यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक कार्गो जहाज अपहरण

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्न पहल गर्छौँ : मन्त्री श्रेष्ठ

पर्वत- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक

चाडपर्व सकिएसँगै त्रिनगर नाकामा भारत फर्कनेको भीड

कैलाली – दसैँ–तिहारको रमझम सकिएसँगै कैलालीस्थित त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कने