घरेलु हिंसाको शिकार भइन् श्वेता तिवारी, पक्राउ परे श्रीमान् « Khabarhub

घरेलु हिंसाको शिकार भइन् श्वेता तिवारी, पक्राउ परे श्रीमान्


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडको छोटो पर्दाकी चर्चित कलाकार श्वेता तिवारीले आफ्ना पति अभिनव कोहलीमाथि घरेलु हिंसाको आरोप लगाएकी छिन् ।

उजुरी परेपछि प्रहरीले अभिनवलाई पक्राउ गरेको छ । श्वेताको उजुरीअनुसार पतिले छोरीलाई पनि कुटपिट गर्ने गरेका थिए ।

श्वेताका साथ उनी छोरी पलक पनि प्रहरी स्टेशनको बाहिर थिइन् । भारतीय मिडियाका अनुसार पतिले श्वेता र उनकी छोरीमाथि सधै नराम्रो व्यवहार गर्थे । जसकारण उनलाई प्रहरीको सहारा लिनुपर्ने अवस्था आयो ।

भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् कि, अभिनवले पलकमाथि अभद्र कमेन्ट गर्ने गर्थे । श्वेताका अनुसार अभिनवले छाेरीलाई सन् २०१७ मा एक मोडलको अश्लील फोटो पनि देखाएका थिए ।

यो उजुरी मुम्बईको समता नगर प्रहरी स्टेशनमा दर्ता भएको छ । श्वेता यसअघि पनि घरेलु हिंसाका विषय उठाएकी हुन् । यसअघि श्वेताका पूर्वपति राजा चौधरीसँग पनि उनको सम्बन्ध खासै राम्रो हुन सकेको थिएन । राजाले पनि नशामा आएर उनलाई कुटपिट गरेका थिए ।

त्यसपछि श्वेताले राजासँग डिभोर्स गरेकी थिइन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : १३ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र