प्रहरीको हिरासतबाट भागेका ४ थुनुवामध्ये ३ जना पुन: पक्राउ « Khabarhub

प्रहरीको हिरासतबाट भागेका ४ थुनुवामध्ये ३ जना पुन: पक्राउ


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी बृत्त सिंहदरबारको हिरासतबाट भागेका ४ जना थुनुवामध्ये ३ जना पक्राउ परेका छन् ।

चोरी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका मदन तामाङ, अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा शनिबार फरार भएका थिए ।

हिरासतबाट भागेकामध्ये अनिल थापा र सुब्बा लामा भने प्रहरी बृत्त सिंहदरबारबाट भाग्नेवित्तिकै कालिकास्थानबाट पक्राउ परेका थिए । अर्का फरार थुनुवा सुकलाल वाइबा भने सोमबार बिहान पक्राउ परेका हुन् ।

वाइबालाई सोमबार बिहान जोरपाटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शनिबार हिरासतबाट भागेका ४ जनामध्ये मदन तामाङ भने अझै फेला पर्न सकेका छैनन् ।

मोटरसाइकल चोरी गरी नक्कली पाटपूर्जा बिक्री गर्ने गरेको अभियोगमा पक्राउ परेका उनीहरु अनुसन्धानका लागि प्रहरी हिरासतमा थिए ।

उनीहरुले हिरासत कक्षको झ्यालको ग्रील काटेर भाग्न सफल भएका थिए । प्रहरीका अनुसार ४ जनालाई भाग्नका लागि ग्रील काट्न करण मोक्तानले ह्याक्सो ब्लेड दिएका थिए ।

उक्त ब्लेड उपलब्ध गराउने मोक्तान पनि अहिले प्रहरी नियन्त्रणमा छन् ।

३ प्रहरी निलम्बित

हिरासतबाट ४ जना थुनुवा फरार भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारका ३ जना प्रहरी कर्मचारी निलम्बित भएका छन् ।

उनीहरु भाग्ने बेलाका ड्युटी इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) भीमबहादुर थापा, ड्युटीमा रहेका हवल्दार बोधबहादुर माझी र चन्द्रबहादुर विकलाई निलम्बन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ०८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल