यस्तो शहर जहाँ ४० दिनसम्म सूर्योदय नै हुँदैन « Khabarhub

यस्तो शहर जहाँ ४० दिनसम्म सूर्योदय नै हुँदैन


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसको मुर्मान्स्क शहरमा वर्षको ४० दिनसम्म सूर्योदय हुँदैन । २ डिसेम्बरबाट १० जनवरीसम्म त्यहाँका बान्दिाहरुले सूर्योदय नै देख्न पाउँदैनन् ।

३ लाख बढी जनसंख्या रहेको उक्त शहरका मानिसहरुले ४० दिनसम्म सूर्यको दर्शन गर्न नपाउँदा अन्धकारमै बिताउनु पर्ने हुन्छ ।

खासमा मुर्मान्स्क शहर सुमेरु वृत्त अर्थात् आर्कटिक सर्कलभित्र पर्छ । आर्कटिक सर्कल पृथ्वीको उत्तरी गोलार्धमा रहेको ६६ डिग्री ३३ मिनेट उत्तरी अक्षांश रेखामा पर्छ ।

यस्तो छ कारण

पृथ्वी २३.५ डिग्री ढल्केको छ । अर्कोतर्फ सुमेरु वृत्त उत्तरी ध्रुवनजिक पर्छ । पृथ्वीले सूर्यलाई घुम्ने क्रममा सेप्टेम्बर २१ पछि दक्षिणी गोलार्धतर्फ सूर्यको प्रकाश बढी पर्दै जान्छ । त्यसपछि दक्षिणी गोलार्धमा दिन लामो हुने तथा उत्तरी गोलार्धमा दिन छोटो हुँदै जान्छ ।

शून्य डिग्री अक्षांशको भूमध्य रेखाबाट उत्तरी गोलार्धको जति उत्तरतर्फ लाग्यो उति दिन छोटो हुँदै जान्छ । त्यसपछि त्यस्तो अवस्था आउँछ, त्यहाँ सूर्योदय नै हुँदैन । यही अनुसार मुर्मान्स्क शहरमा ४० दिनसम्म सूर्योदय हुन्न ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ८ : ३६ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने