पहिरोले थुनिएर ताल बनेको सभाखोला बग्न थाल्यो « Khabarhub

पहिरोले थुनिएर ताल बनेको सभाखोला बग्न थाल्यो


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– वर्षपछिको पहिरोले थुनिएको संखुवासभाको सभाखोलामा रहेको पानी विस्तारै बग्न सुरु गरेको छ।

संखुवासभाको सभापोखरी गाउँपालिका–४ फाक्सीबुङमा पहिरो खस्दा सभाखोला थुनिएको थियो ।

बुधबार दिउँसो करिब साढे २ बजे पाक्सीबुङको पाखो बगेसँगै सभाखोला थुनिएको थियो । खोला थुनिएपछि करिब तीन सयम मिटर भन्दा ठूलो ताल बनेको थियो ।

सभापोखरी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विकास पौडेलले पहिरोले जमेको पानी विस्तारै खुल्न थालेको जानकारी दिए ।

पहिरो खसेसँगै ठूला ठूला ढुंगा र माटोले खोला छेकिएको थियो । तर पहिलो खस्न छोडेपछि जमेको पानीले विस्तारै माटो बगाउँदै बाटो बनाएपछि पानी बग्न थालेको पौडेलले जनाए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : ५२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर