तीन महीना लगाएर खानी परीक्षण तर भएन सञ्चालन « Khabarhub

तीन महीना लगाएर खानी परीक्षण तर भएन सञ्चालन


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– परीक्षण भएको एक दशक हुन लाग्दा पनि यहाँको चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन ।

वालिङ नगरपालिका–११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा भू–गर्भ विभागले विसं २०६६ मा तीन महीना लगाएर खानी परीक्षण गर्दा ठूलो मात्रामा चुनढुङ्गा निकाल्न सकिने सम्भावना औल्याएको थियो । तर परीक्षण गरेको एक दशक हुन लाग्दा पनि अझै सो खानीको उत्खनन हुन नसकेको सहयोग समितिका उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले बताए ।

“विभागबाट आएको टोलीले तीन महीना लगाएर करीब २२० मिटरभित्रसम्म ड्रिलिङ गरेर परीक्षण गरेको थियो”, उपाध्यक्ष पराजुलीले भने “खानी रहेको क्षेत्र वरपर रहेका बस्ती स्थानान्तरणका लागि सहयोग समिति गठन गरेर खानी विभागमा खानी सञ्चालनका लागि डेलिगेशन गयौँ, तर अझै उत्खननको काम शुरु हुनसकेको छैन ।”

खानी सञ्चालनका लागि सहयोग गर्न ११ सदस्यीय सहयोग समिति र सात सदस्यीय जग्गा मूल्याङ्कन उपसमिति बनाइएको उपाध्यक्ष पराजुलीले बताए ।

“खानी क्षेत्र वरपर ७२ घरधुरी रहेका छन् । उनीहरु सबैको माग खानी छिटोभन्दा छिटो सञ्चालन होस् भन्ने छ”, उपाध्यक्ष पराजुलीले भने, “मूल्याङ्कन समितिको मूल्याङ्कनबाट उचित क्षतिपूर्ति दिएमा स्थानीयवासीले खानी सञ्चालनमा सहयोग गर्नेछन् ।”

प्राकृतिक स्रोतको रुपमा रहेको चुनढुङ्गा उत्खनन गर्न खानी विभागले चासो देखाउनुपर्ने वडा नं ११ का वडाध्यक्ष वसन्तकुमार मल्लले बताए । “खानी उत्खनन् गर्न कि त विभागले चासो देखाउनुप¥यो, होइन भने स्थानीय सरकारलाई यसको जिम्मा दिनुपर्‍यो”, वडाध्यक्ष मल्लको भनाइ थियो ।

त्यसै खेर गइरहेका प्राकृतिक स्रोतको सही सदुपयोग गरी आर्थिक विकास गर्न सकिने र स्थानीयवासीले रोजगारी पनि प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताए । खानी सञ्चालनका लागि खानी तथा भू–गर्भ विभागले दुई/तीन पटक सूचना निकालेर प्रस्ताव माग गर्दा पनि कुनै पनि कम्पनी तथा व्यक्ति सम्पर्कमा नआएकाले ढिलाइ भएको खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी इञ्जिनीयर कृष्णदेव झाले बताए ।

“खानी तथा भू–गर्भ विभागको टोलीले परीक्षण गरेको स्थानमा १० मिलियन टन चुनढुङ्गा उत्खनन गर्न सकिने देखिएको छ”, सूचना अधिकारी झाले भने, “गत माघमा निकालेको सूचनामा तीन प्रस्ताव परेका छन्, छनोट प्रक्रियामा रहेकाले अब छिट्टै नै सम्झौता भई काम सञ्चालन हुन्छ ।”

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ११ : ०८ बजे

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी– पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन

शैक्षिक गुणस्तर उकास्न विद्यालयलाई ४२ थान कम्युप्टर प्रदान

काठमाडौं– काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र

१४ वर्षपछि भारत पुगे मेसी : चार शहर घुमेर सचिन तेन्दुलकर, शाहरुख र प्रधानमन्त्री मोदीसँग भेट्दै

नयाँदिल्ली– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आएका

नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु (तस्बिरहरू)

काठमाडौं– संसारभर सिमसार क्षेत्रको जैविक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली– नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा