तीन महीना लगाएर खानी परीक्षण तर भएन सञ्चालन « Khabarhub

तीन महीना लगाएर खानी परीक्षण तर भएन सञ्चालन


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– परीक्षण भएको एक दशक हुन लाग्दा पनि यहाँको चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन ।

वालिङ नगरपालिका–११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा भू–गर्भ विभागले विसं २०६६ मा तीन महीना लगाएर खानी परीक्षण गर्दा ठूलो मात्रामा चुनढुङ्गा निकाल्न सकिने सम्भावना औल्याएको थियो । तर परीक्षण गरेको एक दशक हुन लाग्दा पनि अझै सो खानीको उत्खनन हुन नसकेको सहयोग समितिका उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले बताए ।

“विभागबाट आएको टोलीले तीन महीना लगाएर करीब २२० मिटरभित्रसम्म ड्रिलिङ गरेर परीक्षण गरेको थियो”, उपाध्यक्ष पराजुलीले भने “खानी रहेको क्षेत्र वरपर रहेका बस्ती स्थानान्तरणका लागि सहयोग समिति गठन गरेर खानी विभागमा खानी सञ्चालनका लागि डेलिगेशन गयौँ, तर अझै उत्खननको काम शुरु हुनसकेको छैन ।”

खानी सञ्चालनका लागि सहयोग गर्न ११ सदस्यीय सहयोग समिति र सात सदस्यीय जग्गा मूल्याङ्कन उपसमिति बनाइएको उपाध्यक्ष पराजुलीले बताए ।

“खानी क्षेत्र वरपर ७२ घरधुरी रहेका छन् । उनीहरु सबैको माग खानी छिटोभन्दा छिटो सञ्चालन होस् भन्ने छ”, उपाध्यक्ष पराजुलीले भने, “मूल्याङ्कन समितिको मूल्याङ्कनबाट उचित क्षतिपूर्ति दिएमा स्थानीयवासीले खानी सञ्चालनमा सहयोग गर्नेछन् ।”

प्राकृतिक स्रोतको रुपमा रहेको चुनढुङ्गा उत्खनन गर्न खानी विभागले चासो देखाउनुपर्ने वडा नं ११ का वडाध्यक्ष वसन्तकुमार मल्लले बताए । “खानी उत्खनन् गर्न कि त विभागले चासो देखाउनुप¥यो, होइन भने स्थानीय सरकारलाई यसको जिम्मा दिनुपर्‍यो”, वडाध्यक्ष मल्लको भनाइ थियो ।

त्यसै खेर गइरहेका प्राकृतिक स्रोतको सही सदुपयोग गरी आर्थिक विकास गर्न सकिने र स्थानीयवासीले रोजगारी पनि प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताए । खानी सञ्चालनका लागि खानी तथा भू–गर्भ विभागले दुई/तीन पटक सूचना निकालेर प्रस्ताव माग गर्दा पनि कुनै पनि कम्पनी तथा व्यक्ति सम्पर्कमा नआएकाले ढिलाइ भएको खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी इञ्जिनीयर कृष्णदेव झाले बताए ।

“खानी तथा भू–गर्भ विभागको टोलीले परीक्षण गरेको स्थानमा १० मिलियन टन चुनढुङ्गा उत्खनन गर्न सकिने देखिएको छ”, सूचना अधिकारी झाले भने, “गत माघमा निकालेको सूचनामा तीन प्रस्ताव परेका छन्, छनोट प्रक्रियामा रहेकाले अब छिट्टै नै सम्झौता भई काम सञ्चालन हुन्छ ।”

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ११ : ०८ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री