डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीको समायोजन रोकियो, यथास्थानमै काम गर्न निर्देशन « Khabarhub

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीको समायोजन रोकियो, यथास्थानमै काम गर्न निर्देशन


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु प्रभावित जिल्लामा कार्यरत समायोजन भएका कर्मचारीलाई यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको छ ।

देशभर डेंगुको प्रकोप बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले समायोजन भएका कर्मचारीलाई यथास्थानमै काम गर्न निर्देशन दिएको छ ।
भदौं २५ गते बसेको सचिवस्तरको बैठकले डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय समेत गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक एवं स्वास्थ्यर्मीहरुलाई प्रसूति बिदा, अध्ययन बिदा र किरिया बिदा बाहेक अन्य बिदा समेत नदिने निर्णय भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र सबै स्थानीय तहलाई पत्राचार गर्दै निर्देशन दिएको हो ।

डेंगुका बिरामी ५ हजार नाघे

काठमाडौं लगायत देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्ममा ५६ जिल्लाका ५ हजार ९५ जनामा डेंगुको संक्रमण देखिएको छ ।

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा पछिल्लो समय प्रदेश ३ का जिल्लाहरुमा डेंगुको प्रकोप बढी देखिएको छ । प्रदेश ३ मा साउनदेखि भदौ २४ गते सम्ममा ३ हजार १ सय २६ जनामा डेंगु भेटिएको महाशाखाको तथ्याङ्क छ ।

यस्तै गण्डकी प्रदेशमा पनि बिरामीको संख्या १ हजार पुग्न लागिसकेको छ । गण्डकी प्रदेशमा ९ सय ७२ जनामा डेंगु भेटिएको छ ।

यस्तै प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश ५ मा ९७ जना, प्रदेश २ मा ३९ जना, सुदूरपश्चिम प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

प्रदेश ३ का १२ जिल्लाहरुमध्ये सबैभन्दा धेरै बिरामी काठमाडौं र चितवनका छन् । साउनयता मात्रै काठमाडौंमा १ हजार १ सय ७० जनामा डेंगु भेटिएको छ भने चितवनमा १ हजार १ सय २८ जनामा डेंगु भेटिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ११ : ४४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर