उप निर्वाचनका लागि दल दर्ता गर्न नेकपाले दियो निर्वाचन आयोगमा निवेदन « Khabarhub

उप निर्वाचनका लागि दल दर्ता गर्न नेकपाले दियो निर्वाचन आयोगमा निवेदन


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी उपनिर्वाचनलाई लक्षित गरी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचनका लागि बिहीबार दल दर्ताको निवेदन दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा नेता खिमलाल देवकोटालगायतका नेताहरु दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले नेकपाको तर्फबाट दल दर्ताको निवेदन आएको र उक्त निवेदन निर्वाचन आयोगको समितिमा पेश गरेपछि दर्ता गर्ने सम्बन्धमा निर्णय हुने जानकारी दिए ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि प्रतिनिधिसभा सदस्य पदका लागि १, प्रदेशसभा सदस्य पदका लागि ३, उपमहानगरपालिकाको मेयर पदका लागि १, गाउँपालिकाको अध्यक्ष पदका लागि २, गाउँपालिकाको उपाध्यक्ष पदका लागि १ र स्थानीय तहका विभिन्न वडाका वडाध्यक्षहरुका लागि ४२ ठाउँमा निर्वाचन गर्दै छ ।

यसअघि सम्पन्न निर्वाचन पछि मात्रै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएका कारण नेकपाले आगामी निर्वाचनमा भाग लिन दल दर्ता गर्नु परेको हो ।

२०७४ सालको मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तत्कालीन एमाले र माओवादीले संयुक्त (वाम गठवन्धन) बनाएर उम्मेदावरु दिएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : १२ बजे

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई प्रतिनिधिसभामा पुर्‍याउन सकिन, माफी चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी