रौतहटमा दुई समूहबीच झडप, प्रहरीद्वारा ३० राउण्ड हवाईफायर | Khabarhub Khabarhub

रौतहटमा दुई समूहबीच झडप, प्रहरीद्वारा ३० राउण्ड हवाईफायर


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– दुई धार्मिक समुदायबीचको विवादले उग्ररुप लिँदा रौतहटको कुडियाबजार क्षेत्रमा तनावग्रस्त बनेको छ । दुई पक्षबीचको झडपले उग्ररुप लिएपछि नियन्त्रणका लागि प्रहरीले हवाईफायर समेत गरेको छ ।

बिहीबार दिउँसो स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि प्रहरीले ३० राउण्ड हवाईफायर र त्यतिनै संख्यामा अश्रुग्यास प्रहार गरेको थियो ।

कुडियाबजार नजिकै रहेको पोखरी छेऊमा मुस्लिम समुदायले गाडेको झण्डा निकालेको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।

त्यसअघि बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएको थियो । मूर्ति तोडफोड भएको र त्यहीँ ठाउँमा मुसलमान समुदायले झण्डा गाडेको देखिएपछि दुई समुदायबीच विवाद सुरु भएको हो ।

विवाद समाधानका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार बिहान मुस्लिम अगुवाहरुसँग छलफल गरी पोखरी किनारमा गाडिएको झण्डा हटाएको थियो । उक्त झण्डा हटाएको विरोधमा बिहीबार दिउँसो कुडियाबजारमा मुस्लिम समुदायले प्रदर्शन गरेका थिए ।

एउटा पक्षले निकाले प्रदर्शनमा अर्को पक्षले हस्तक्षेप गर्दा स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले प्रहरीको गाडीमा पनि ढुंगामुढा गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ३ : ५४ बजे

सडकमा उत्रिए निजी विद्यालयका सञ्चालक र प्रिन्सिपल (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै

बन्दीपुरमा दूधमा अनुदानका लागि ३५ लाख बजेट विनियोजन

दमौली– तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन ३५

सिरहामा भन्सार छलीका सामानसहित गाडी नियन्त्रण

सिरहा– सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण  सिरहा अन्तर्गतको

ट्रम्प- पुटिन-जेलेन्स्की वार्ता हङ्गेरीको बुडापेस्टमा हुने चर्चा

वाशिङ्टन- रुस र युक्रेनबीच नयाँ शान्ति वार्ताको पहल सुरु भएको

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

झापा– मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर