बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्याबारे संसदीय समितिले सरोकारवालासँग छलफल गर्ने | Khabarhub Khabarhub

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्याबारे संसदीय समितिले सरोकारवालासँग छलफल गर्ने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल साइटमा देखिएको समस्या बारे सम्बन्धित मन्त्रालय र सरोकारवालहरुसंग छलफल गर्ने भएको छ ।

सिसडोलबासीले भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएपछि समितिले त्यस क्षेत्रको समस्याबारे सम्बन्धीत मन्त्रालय तथा सरोकारवाल निकायसंग परामर्श गर्न लागेको हो ।

केही दिन अघि समितिको स्थलगत अनुगमनटोलीलाई स्थानीयले यसअघि भएको सम्झौता अनुसार पुर्वाधार निर्माण र क्षतिपुर्तिको व्यवस्था गरि भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएका थिए ।

समितिले सिसडोलबासी र बञ्चरेडाँडामा निर्माणधिन ल्याण्डफिल साईटको समस्या समाधानका लागि शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड, काठमाण्डौ महानगरपालिका, सो क्षेत्रका संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिलाई छलफलमा बोलाएको हो ।

समितिको विहिबारको बैठकमा समिति सदस्यहरुले जीपछिरिङ लामा, गणेश कुमार पहाडी, बिना कुमारी श्रेष्ठ, सञ्जय कुमार गौतम र महेन्द्र राय यादवले फोहर व्यवस्थापनको विषयलाई राजनीतिकरण नगरि सहमति अनुसारको पूर्वाधार निर्माण र क्षतिपुर्ति दिलाउने विषयमा भइरहेको ढिलाईबारे सम्बन्धीत निकायसंग छलफल आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेको थिए ।

समितिले अगामी अशोज १ गते बल्खु–दक्षिणकालि सडकखण्डको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ । खानेपानी मन्त्री अस्वस्थताका कारण समितिमा अनुपस्थित भएपछि विहिवारका लागि पूर्वनिर्धारित खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मथिको दफावार छलफल भने स्थगित भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : २४ बजे

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित