उपनिर्वाचनमा नयाँ जनादेश प्राप्त हुन्छः प्रवक्ता लावती « Khabarhub

उपनिर्वाचनमा नयाँ जनादेश प्राप्त हुन्छः प्रवक्ता लावती


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का प्रवक्ता सगुन सुन्दर लावतीले आगामी उपनिर्वाचनमा नयाँ जनादेश प्राप्त हुने विश्वास प्रकट गरेका छन् ।

‘सत्तारुढ दल र जनप्रतिनिधिहरु प्रति आम जनता आक्रोशित छन् । जनताले विकल्प खोजेका छन् । यसैले तीब्र रुपमा बद्लिदो जनआकांक्षा बमोजिम उपनिर्वाचनमा नौलो नतिजा हात लाग्ने प्रष्ट छ,’ प्रवक्ता लावतीले भने ।

‘पुरानो निर्वाचनको आधारमा गरिएको अनुमान गलत हुनेछ, विकसित राजनीतिक घटनाक्रमले यस्तै संकेत गर्दछ । निर्मला हत्याकाण्ड, गुठी विधेयकदेखि रवी लामिछाने प्रकरणसम्म आइपुग्दा जुन किसीमको जनआक्रोश र जनलहर देखियो यसबाट नयाँ नेपालको नाराले नथेग्ने भइसक्यो भन्ने स्थापित भएको छ,’ उनले भने ।

राप्रपा (संयुक्त) जिल्ला कार्य समिति पाँचथरको वैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लावतीले देशमा सम्वद्र्धनवादी शक्तिको माग र स्थान पूरा गर्न राप्रपा (संयुक्त) तयार रहेको बताए ।

‘नेपाली जनता परिवर्तनका सपना बेच्ने दलहरुबाट वाक्क दिक्क भएर विकल्पको खोजीमा छन् । सबैलाई स्वीकार्य हुने राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र प्रति देशव्यापी समर्थन र आकर्षण बढ्दो छ । बद्लिदो राजनीतिक परिदृश्य र राष्ट्रिय यथार्थलाई मनन् गर्दै राप्रपा (संयुक्त) पूर्ण आशावादी भएर जनतामाझ जान उत्साहित छ,’ उनले भने ।

राप्रपा (संयुक्त) पाँचथरका अध्यक्ष राजकुमार जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताले भूत होइन भविष्यदर्शी भएर मतदान गर्छन् । देशव्यापी जारी नयाँ लहर मंसिरसम्म आइपुग्दा झन् बढेर, झाँगिएर जाने देखिन्छ । यसर्थ विकसित जनलहर र जनआकांक्षासँगै राप्रपा (संयुक्त) का उम्मेद्वारहरु विजयी हुनेमा हामी विश्वस्त छौं ।’

राप्रपा (संयुक्त) जिल्ला कार्य समिति पाँचथरले मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । पाँचथरको तीनवटै रिक्त पदमा उम्मेद्वारी दिने निर्णय गरेको छ । पाँचथरमा फाल्गुनन्द गाउपालिका अध्यक्ष, फिदिम नगरपालिका–१ वडा अध्यक्ष र हिलिहाङ गाउपालिका–७ वडा अध्यक्ष पदहरु हाल रिक्त छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : २५ बजे

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित विशेष

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज