सरकारको महाअभियानमा साथ दिन मन्त्री महासेठको आग्रह « Khabarhub

सरकारको महाअभियानमा साथ दिन मन्त्री महासेठको आग्रह


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन बर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दाबी गरेका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री महासेठले सरकारले साढे तीन बर्षभित्र छ लेन, चार लेन र दुई लेन गरि १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्न लागेको बताएका हुन् ।

मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण,मर्मतसम्भार लगायतका सडक पूर्वाधारमा सबै तहका सरकारहरुले समन्वयात्मक ढंगले काम गरिरहेको बताए ।

सरकारले पाँच बर्ष भित्र यस्ता राजमार्ग निमार्ण गर्ने लक्ष्य लिए पनि साढे तीन बर्षभित्रै सम्पन्न हुने उनको दाबी छ ।

मन्त्री महासेठले आर्थिक बर्ष २०७३÷७४ को मसान्तपछि ठेक्का सम्झौता भएका सबै आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने दावी समेत गरेका छन् ।

कार्यक्रममा मन्त्री महासेठले सरकारको महा अभियानमा सबैले साथ दिन आग्रह गरे । नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलन विहीबार सम्पन्न भएको छ ।

सम्मेलनको पहिलो दिन ७ प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश भित्रका विकाश पूर्वाधार सम्बन्धी बिभिन्न आयोजनाबारे लगानीकर्ता, ब्याबसायीहरुलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : १२ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक