डेंगु नियन्त्रणमा सरकारलाई दोष दिने ठाउँ छैनः महाशाखा | Khabarhub Khabarhub

डेंगु नियन्त्रणमा सरकारलाई दोष दिने ठाउँ छैनः महाशाखा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ ।

विभागले विहिबार संचारकर्मीसंग अन्तरक्रिया गर्दै सबै भन्दा बढी प्रदेश ३ डेंगुबाट प्रभावित भएको जनाएको हो ।

जिल्लागत रुपमा भने चितवन सबै भन्दा बढी प्रभावित भएको छ । त्यसैगरी मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए ।

रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दै उनले आफुखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गरे ।

उनले लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएकाले विभाग तथा सम्बन्धीत निकायहरुले सबै सम्बन्धित निकायसंग समन्वय गरि लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम भइरहेको जानकारी दिए ।

उनले खोप तथा औषधीबाट डेंगु र्निमूल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने तर्क गरे । घरघरमा रहेका भाडामा रहेको पानी, प्लाष्टिकका जगमा रहेको पानी तथा गमलामा वृद्धि हुने लामखुट्टे भएकाले सबैका घरमा गएर सरकारले सरसफाई गर्नुपर्ने भन्ने कुरा तर्कसंगत नहुने भएकाले प्रत्येक व्यक्ति आफैमा सजग हुनुपर्ने उनले बताए ।

विभागका अनुसार हाल मुलुकभर ८ हजार ९० जना डेंगुबाट संक्रमति भएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै असार यता १ हजार १ सय ५० जना डेंगुबाट संक्रमित भएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : ०१ बजे

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो

दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए

काठमाडौं– ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६

‘परिवर्तन’को पोस्टरमा सुशीलको एङ्ग्री लुक्स, माघ ९ मा प्रदर्शन

काठमाडौं – नायक सुशील श्रेष्ठलाई एक्स अवतारमा प्रस्तुत गरिने भनिएको

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज