नेपाल र युएइबीच मैत्री सम्बन्धलाई थप प्रगाढ बनाइने « Khabarhub

नेपाल र युएइबीच मैत्री सम्बन्धलाई थप प्रगाढ बनाइने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नक्बीले शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप विस्तार गरी द्विपक्षीय हितलाई प्रवद्र्धन गर्ने विभिन्न विषयमा छलफल भएको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।

सो अवसरमा रक्षामन्त्री पोखरेलले नेपाल र युएइबीच विगत ४० वर्षदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै जानुपर्ने विचार व्यक्त गरे । उनले केही समयअघि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको युएइको भ्रमणको स्मरण गर्दै यसबाट द्विपक्षीय सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग पुगेको बताए ।

उनले राजनीतिक स्थायित्व भएको वर्तमान अवस्थामा नेपालले कृषि, जलविद्युत्, उद्योग, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा वैदेशिक लगानीको ढोका खोलेको हुँदा युएइका लगानीकर्तालाई नेपालमा ती क्षेत्रमा लगानी विस्तार गरी द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत मनाउन आग्रह गरे । दुई देशका सैनिकबीच संयुक्त अभ्यास, तालीमजस्ता कार्यक्रमका माध्यमबाट परस्परमा सहयोग आदानप्रदान गर्न सकिने धारणा राखेका थिए ।

राजदूत नक्बीले आफ्नो कार्यकालमा नेपाल र आफ्नो देशबीच कूटनीतिक र आर्थिक सम्बन्धलाई अझ सुदृढ गरी द्विपक्षीय सम्बन्धलाई थप फलदायी बनाउन सक्दो पहल गर्ने बताए । उनले नेपाल र युएइबीच जनस्तरसम्म विस्तार भएको सम्बन्ध दुवै देशका लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : २५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर