नेपाल र युएइबीच मैत्री सम्बन्धलाई थप प्रगाढ बनाइने | Khabarhub Khabarhub

नेपाल र युएइबीच मैत्री सम्बन्धलाई थप प्रगाढ बनाइने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नक्बीले शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप विस्तार गरी द्विपक्षीय हितलाई प्रवद्र्धन गर्ने विभिन्न विषयमा छलफल भएको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।

सो अवसरमा रक्षामन्त्री पोखरेलले नेपाल र युएइबीच विगत ४० वर्षदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै जानुपर्ने विचार व्यक्त गरे । उनले केही समयअघि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको युएइको भ्रमणको स्मरण गर्दै यसबाट द्विपक्षीय सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग पुगेको बताए ।

उनले राजनीतिक स्थायित्व भएको वर्तमान अवस्थामा नेपालले कृषि, जलविद्युत्, उद्योग, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा वैदेशिक लगानीको ढोका खोलेको हुँदा युएइका लगानीकर्तालाई नेपालमा ती क्षेत्रमा लगानी विस्तार गरी द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत मनाउन आग्रह गरे । दुई देशका सैनिकबीच संयुक्त अभ्यास, तालीमजस्ता कार्यक्रमका माध्यमबाट परस्परमा सहयोग आदानप्रदान गर्न सकिने धारणा राखेका थिए ।

राजदूत नक्बीले आफ्नो कार्यकालमा नेपाल र आफ्नो देशबीच कूटनीतिक र आर्थिक सम्बन्धलाई अझ सुदृढ गरी द्विपक्षीय सम्बन्धलाई थप फलदायी बनाउन सक्दो पहल गर्ने बताए । उनले नेपाल र युएइबीच जनस्तरसम्म विस्तार भएको सम्बन्ध दुवै देशका लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : २५ बजे

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो

दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए

काठमाडौं– ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६

‘परिवर्तन’को पोस्टरमा सुशीलको एङ्ग्री लुक्स, माघ ९ मा प्रदर्शन

काठमाडौं – नायक सुशील श्रेष्ठलाई एक्स अवतारमा प्रस्तुत गरिने भनिएको

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज