चिनियाँ विज्ञप्तिमा प्रचण्डले ‘इन्डो-प्यासिफिक स्ट्राटेजी’को विरोध गर्नु आपत्तिजनकः राजदूत बेरी « Khabarhub

चिनियाँ विज्ञप्तिमा प्रचण्डले ‘इन्डो-प्यासिफिक स्ट्राटेजी’को विरोध गर्नु आपत्तिजनकः राजदूत बेरी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ सम्बन्धमा भएको कुराकानीलाई लिएर अमेरिकी राजदूतले आपत्ति जनाएका छन्।

बिहीबार परराष्ट्र मन्त्रालयमा सचिव शंकरदास बैरागीलाई भेटेर अमेरिकी राजदूत  र्‍यान्डी डब्लु बेरीले आपत्ति जनाएका हुन्। उनेल नेपाल र अमेरिकाबीचको सम्बन्ध चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा आउँदा दुःख लागेको बताए ।

चिनियाँ विज्ञप्तिको विषयलाई लिएर राजदूतले बेरीले परराष्ट्र सचिवसँग दुई देशबीचको कुरा तेस्रो देशको विज्ञप्तिमा कसरी पर्न गयो भन्ने विषयमा जिज्ञासा राखेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

नेपालका लागि अमेरिकी राजदूत बेरी र काठमाडौंस्थित अमेरिकी दूतावासका उपनियोग प्रमुख म्यानुएल पी. मिक्कलर परराष्ट्र सचिवलाई भेट्न बिहीबार परराष्ट्र मन्त्रालय पुगेका थिए।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा प्रचण्डसँगको भेटवार्ता सम्बन्धी चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : १५ बजे

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,