चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको तयारी पूरा, यस्तो छ कार्यतालिका « Khabarhub

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको तयारी पूरा, यस्तो छ कार्यतालिका


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । सीको सुरक्षाका लागि नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गर्ने छन् ।

राष्ट्रपति सी एयर चाइनाको विमानबाट शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका छ ।

उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नै बिमानस्थल पुग्ने कार्यक्रम रहेको छ । विमानस्थलको स्वागतपछि नेपाली सेनाको टुकडीले विमानस्थलमै सीलाई राजकीय सलामी अर्पण गर्नेछ। त्यसपछि सी विमानस्थलबाट सिधै सोल्टी होटल प्रस्थान गर्ने छन्। विमानस्थल ओर्लेपछि उनी बस्ने होटल र सवारी रुटमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

आधा घण्टा आराम गरेपछि सी नेपाली समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि राष्ट्रपति भवन शीतलनिवास जाने छन्। त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गर्ने विशेष रात्रिभोजमा सरिक हुन सोल्टी होटल फिर्ता हुने कार्यक्रम तय भएको छ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका
शनिबार (आज)
५ : ०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सी सोल्टी होटल प्रस्थान
६ : ०० बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान
६ : ३० बजे
राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
७ : १५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ : ३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

आइतबार (भोली)
१० : ३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ : ३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
१ : ०० बजे
स्वदेश फिर्ता

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : ०२ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित