ऋतिक र टाइगर स्टारर ‘वार’ हिट हुनाका ५ कारण « Khabarhub

ऋतिक र टाइगर स्टारर ‘वार’ हिट हुनाका ५ कारण


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ ले बक्स अफिसमा धमाल मच्चायो । फिल्मले बक्स अफिसमा पहिलो दिन नै सर्वाधिक कलेक्सन ग¥यो । फिल्मले पहिलो सप्ताहमै २ सय करोड कमाएर रेकर्ड बनायो । फिल्मले ३ सय करोड कमाउने फिल्म पण्डितको अनुमान छ । आखिर यो फिल्मले किन बक्स अफिसमा आक्रामक व्यापार ग¥यो? यी हुन् ५ कारणः

ऋतिक र टाइगरको जोडी

आदित्य चोपडाले आधा बाजी त त्यतिबेला नै मारिसकेका थिए, जब उनले टाइगर श्राफ र ऋतिक रोशनलाई साइन गराए । यी दुवै बलिउडमा हेण्डसम र एक्सन हिरो हसन् । दुवैका जबरजस्त फ्यान फलोइङ छन् । एकै टिकटमा दुई हिरोलाई हेर्न पाउने भएकाले पनि दर्शक सिनेमा घरसम्म पुगे ।

एक्सन, एक्सन र एक्सन

ट्रेलरमा एक्सन सिन देखाउँदा मजा आएको दर्शकलाई फिल्म झन् एक्सनपूर्ण लाग्यो । फिल्ममा भरिपूर्ण एक्सनले दर्शकको मन जित्यो । टाइगर श्राफको इन्ट्री दृश्य पनि कमालको रह्यो । यसको एक्सन पक्षले पनि फिल्म थप बलियो साबित ग–यो ।

नाम पनि उस्तै

फिल्मको शीर्षकले पनि धेरैको ध्यान तान्न सफल भयो । नामअनुसार फिल्म पनि बन्यो । जसकारण फिल्म चल्यो ।

फिल्मको स्पिड

फिल्ममा आउने आरोह अवरोहले फिल्मलाई रोमाञ्जक बनाउँदै लैजान्छ । कहानी छुट्दै जान्छ । तर, कथा यति छिटो अगाडि बढ्छ कि, दर्शकलाई सोच्ने कुरामा पनि ध्यान र्न जाँदैन । कथानक जसरी अगाडि बढ्छ, त्यसले दर्शकलाई रोमान्चक बनाउँछ ।

जोडदार पहिलो हाफ

दोस्रो हाफको तुलनामा पहिलो हाफ राम्रो छ । आम दर्शकलाई दोस्रो हाफ मन परेन भने पनि पहिलो हाफका कारण सहजै फिल्म स्वीकार्छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ९ : १२ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई