राष्ट्रपति सीसँग नेपाल आउँदैछन् यी चिनियाँ नेता « Khabarhub

राष्ट्रपति सीसँग नेपाल आउँदैछन् यी चिनियाँ नेता


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनीसँगै चार जना महत्वपूर्ण नेताहरु पनि काठमाडौं आउँदैछन् । उनीहरु सबै उपप्रधानमन्त्री सरहकै हैसियत भएका नेताहरु हुन् ।

राष्ट्रपति सीसँगै आउने नेतामा डिङ्ग सुईसियाङ हुन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटिकल ब्युरो सदस्य हुन् । त्यसका साथै सुईसियाङ चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयको महानिर्देशक हुन् ।

त्यस्तै अर्का नेता याङ जिची पनि भ्रमणमा दलमा सदस्य छन् । उनी चीनको पुर्व विदेशमन्त्री र स्टेट काउन्सिलर रहिसकेका नेता हुन् । हाल उनि सिपीसीको महासचिव समेत रहेका चिनियाँ राष्ट्रपति सी मातहतको विदेश मामिला आयोगको निर्देशक छन् । त्यसका साथै उनि पार्टीको पोलिटिकल ब्युरोको सदस्य समेत हुन् ।

भ्रमण दलमा अर्का नेता हुन् विदेशमन्त्री वाङ यी । उनी चीनको स्टेट काउन्सिलर समेत हुन् । वाङ नेपालस‍ँग परिचित नेता समेत हुन् । उनी पनि उपप्रधानमन्त्रीसरहकै चिनियाँ नेता हुन् । गत महिना मात्र उनले नेपालको भ्रमण गरेका थिए ।

सीको टोलीमा ही लिफेङ्ग समेत रहेका छन् । राष्ट्रिय विकास र सुधार आयोगसम्बन्धी क्षेत्र हेर्ने मन्त्री ही चिनियाँ राष्ट्रपति सीका अति विश्वासिला नेता हुन् । उनले यसअघि फुझोओ, तेन्जिन र सेयामिनमा पार्टी प्रमुख भएर काम गरेका थिए । त्यसका साथै चिनियाँ राष्ट्रपति सी फुजियान प्रान्तमा कार्यरत हुँदा हिले निकट सहयोगी भएर मातहतमा काम गरेका थिए ।

टोलीमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओ समेत नेपाल आउँदैछन् । उनी चीनको बहालवाला मन्त्री समेत हुन् । गत महिना मात्र ताओ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल भ्रमणको क्रममा काठमाडौं आएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ९ : ३९ बजे

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले

जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न

ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा

पहिलो सन्तानलाई जन्म दिँदै सबिन र अनु

काठमाडौँ – कलाकार दम्पति नायक सबिन श्रेष्ठ र नायिका अनु