२० दिनको कैद सजाय पाएका अभियुक्त ४ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

२० दिनको कैद सजाय पाएका अभियुक्त ४ वर्षपछि पक्राउ


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– सवारी ज्यान मुद्दामा २० दिनको कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय पाएका एक प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२ घर भएका ३६ वर्षी मुख्सार मिया ठाकुर छन् ।

चितवन जिल्ला अदालतले २७ साउन २०७२ ठाकुरविरुद्ध २० दिन कैद र २ हजार रुपैयाँ कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलासँगै फरार भएका ठाकुरलाई असोज २४ गते (शुक्रबार) वीरगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज महानगरपालिका–२ छपकैयाबाट पक्राउ परेका ठाकुरलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाउने प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ०६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र