राष्ट्रपति सीलाई सोल्टीमा राखिने, नेपाली खाना चखाउने तयारी « Khabarhub

राष्ट्रपति सीलाई सोल्टीमा राखिने, नेपाली खाना चखाउने तयारी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमणका लागि आज आउँदैछन् ।

साँझ ५ बजे विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थलमा नै सीको सम्मानमा ‘गार्ड आफ अनर’ दिने कार्यक्रम रहेको छ ।

विमानस्थलबाट सी होटल सोल्टी जानेछन् । त्यहाँ केही बेर आराम गरेर उनी शीतलनिवास जानेछन् जहाँ राष्ट्रपति भण्डारी र सीबीच छलफल हुनेछ ।

त्यहाँबाट फकिएपछि सीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले होटल सोल्टीमा नै रात्रिभोजको आयोजना गरेकी छिन् ।

दलाभात चखाउने तयारी !

सीलाई नेपाली परिकार खुवाउने तयारी गरिएको छ । त्यस्तै सीको सम्मानमा आयोजित रात्रिभोजमा नेपाली बारा तथा कुरिलो र क्वाटीसमेत उनलाई चखाउने तयारी गरिएको छ ।

साँझ साढे सात बजेबाट शुरु हुने रात्रिभोजमा सुप, एपिटाइजर, मेन कोर्ष र डिजर्ट गरि चार तहमा खानाको परिकार राखिने भएको छ ।
उनलाई दिइने भोजमा नेपाली, चिनियाँ र युरोपेली स्वादको मिश्रणको प्रवन्ध गरिएको छ ।

सीलाई सुरुमा कुरिलो र क्वाटीको नेपाली सुप उपलव्ध गराइने र त्यसपछि बारासहितको नेपाली सलाद चखाने तयारी गरिएको छ ।

केही दिन अघि चीनको विदेश मन्त्रालयबाट आएको प्रोटोकल डिभिजन चिफ होङ ली,मेजर जनरल टोङ नी सहितको उच्चस्तरीय टोलीलाई परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले डिल्लिबजार स्थित भोजन गृहमा दिईएको रात्रीभोजमा नेपाली खाना दाल,भात, तरकारी र खसीको मासु सँगै नेपाली सांस्कृतिक नृत्य र झाँकी देखाईएको थियो । यसबाट चिनियाँ टोली औधि खुसी भएका थिए ।

टोलीले राष्ट्रपति सी पनि यस्तो मौलिक संस्कृतिको पारखी भएको सन्देश उक्त रात्री भोजमा दिएपछि सरकारले सीलाई नेपाली खानाको परिकार चखाउने ईच्छा चिनियाँ समक्ष प्रकट गरेको छ ।

आजको रात्रिभोजको मुख्य खानामा भने चिनियाँ र युरोपेली खाना खुवाउने कार्यक्रम रहेको छ । चिनियाँ परिकारका लागि चीनबाट नै सेफहरु आएका छन् ।

रात्रिभोजमा करिब २५० जना सहभागी हुनेछन् । जसमा सीका साथमा चिनियाँ उच्च अधिकारीहरु सहभागी हुनेछन् । नेपालबाट भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका प्रमुख नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायीसमेत हुनेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ५१ बजे

निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक

रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो

चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन्

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको