चिनियाँ राष्ट्रपतिलाई भव्य स्वागतको तयारी « Khabarhub

चिनियाँ राष्ट्रपतिलाई भव्य स्वागतको तयारी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उनी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ ।

नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् ।

सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको स्वागतका लागि प्रतिक्षारत छन् । उनीहरुले सीको सवारीमार्गमा कर्तल ध्वनिका साथ स्वागत गर्नेछन् ।

धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको छ । राष्ट्रपति सी त्रिभुवन विमानस्थलदेखि होटेल सोल्टीमा ‘कारगेट’बाट जाने भएकाले ठाउँठाउँमा स्वागत ब्यानर र विभिन्न आकर्षक तस्बिर सजाइएको छ ।

यस्तै सीको स्वागतका लागि सडकमा विभिन्न वेषभूषामा सजिएका र विभिन्न बाजासहितका जनसमुदाय उपस्थित छन् भने सरकारी कर्मचारीसहित सर्वसाधारण दिउँसो चार बजे स्वागतका लागि सडकका दुवै किनारमा उपस्थित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी आजदेखि दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ४ : ०३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको