व्यवसायी डा. रुप ज्योतिको न्यायका लागि मार्ग प्रशस्त गर्न ‘नाडा’को माग « Khabarhub

व्यवसायी डा. रुप ज्योतिको न्यायका लागि मार्ग प्रशस्त गर्न ‘नाडा’को माग


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगपति तथा नाडाका पूर्व अध्यक्ष डा. रुप ज्योतिको पक्राउप्रति नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एशोसिएशनले विज्ञप्ति जारी गर्दै संस्थाका पूर्व अध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति तथा उनकी छोरी सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरिएको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोवारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व अन्तर्गत साधिकार निकायबाट उपचार खोजी विवादको समाधान गर्ने बैकल्पीक मार्ग हुँदाहुँदै पनि गम्भिर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यहरु हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको एशोसिएशनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अनुसन्धान छिटो सम्पन्न गरी न्यायका लागि मार्ग प्रशस्त गरिदिन गृह प्रशासन समक्ष एशोसियशनले विज्ञप्तिमार्फत अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै