अफगानिस्तानविरुद्ध वेष्ट इण्डिजको क्लिन स्वीप « Khabarhub

अफगानिस्तानविरुद्ध वेष्ट इण्डिजको क्लिन स्वीप


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा वेष्ट इण्डिजले क्लिन स्वीप गरेको छ ।

भारतको लखनउमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेट जित निकाल्दै वेष्ट इण्डिजले सिरिज ३-० ले जित हासिल गरेको हो ।

अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य वेष्ट इण्डिजले ४८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजको जितमा साई होपले १ सय ९ रनको शतकीय इनिङ्स खेले ।

यस्तै रोस्टन लामरले अविजित ४२, ब्राण्डन किङले ३९ तथा कप्तान केइरन पोलार्डले ३२ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।

अफगानिस्तानका लागि कप्तान अस्घर अफगानले ८६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हजरत उल्लाह जाजई र मोहमद नाबीले समान ५० रन बनाए । वेष्ट इण्डिजका केमो पाउलले ३ तथा अल्जारी जोसेपले २ विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो खेल वेष्ट इण्डिजले ७ र दोस्रो खेल ४७ रनको जित निकालेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ३२ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन