कपिलवस्तु- नेपालको भूमि अतिक्रमण भएको भन्दै युवाहरुले चीनविरुद्ध पनि विरोध प्रदर्शन गरेका छन्।
भारतले नेपालका कालापानी, लिपुलेक लगायतका क्षेत्रमा भूमि मिचेको भन्दै विरोध भइरहेका बेला अर्को छिमेकी मुलुक चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको भन्दै स्थानीय युवाहरुको एक समूहले प्रदर्शन गरेका हुन।

स्थानीय युवाहरुले कपिलवस्तुमा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् ।

एक तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।
यो पनि पढौं













प्रतिक्रिया