‘गो ब्याक चाइना’ भन्दै कपिलवस्तुमा जलाइयो चिनियाँ राष्ट्रपतिको पुत्ला « Khabarhub

‘गो ब्याक चाइना’ भन्दै कपिलवस्तुमा जलाइयो चिनियाँ राष्ट्रपतिको पुत्ला


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- नेपालको भूमि अतिक्रमण भएको भन्दै युवाहरुले चीनविरुद्ध पनि विरोध प्रदर्शन गरेका छन्।

भारतले नेपालका कालापानी, लिपुलेक लगायतका क्षेत्रमा भूमि मिचेको भन्दै विरोध भइरहेका बेला अर्को छिमेकी मुलुक चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको भन्दै स्थानीय युवाहरुको एक समूहले प्रदर्शन गरेका हुन।

स्थानीय युवाहरुले कपिलवस्तुमा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् ।

एक तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।

यो पनि पढौं

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : २० बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि