आज गुरु नानक जन्म जयन्ती, नेपालमा पनि मनाइँदै « Khabarhub

आज गुरु नानक जन्म जयन्ती, नेपालमा पनि मनाइँदै


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्म जयन्ती श्रद्धापुर्वक मनाइँदै छ ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन विश्वभरका शिख धर्मावलम्बीहरुले आफ्नो गुरु, गुरु नानकको जन्म जयन्ती मनाउने गर्दछन् ।

नेपालमा विभिन्न स्थानमा रहेका गुरुद्वारमा आज शिख धर्मालम्बीहरु भेला भई गुरु नानकको जन्म जयन्ती मनाउँदै छन् ।

गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो । गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए ।

धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो । उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए ।

आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ । यस दिन पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिबको अध्ययन गरेर गुरुपर्वको विधी विधान अनुरुप समापन गरिन्छ ।

गुरु नानकको ५५० औं जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले असोजमा तीन प्रकारका सिक्का सार्वजनिक गरेको छ । नेपालमा करिब डेढ सय वर्ष अघि शिख समुदाय प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १ : ०१ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित