दक्षिण एशियामैत्री सङ्गठन मञ्चको छैठौँ सम्मेलन काठमाडौंमा « Khabarhub

दक्षिण एशियामैत्री सङ्गठन मञ्चको छैठौँ सम्मेलन काठमाडौंमा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन–दक्षिण एशिया मैत्री सङ्गठन मञ्चको छैटौँ सम्मेलन मंगलबारदेखि काठमाडौँमा शुरु भएको छ ।

दक्षिण एशिया र चीनबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रत्येक दुई/दुई वर्षमा आयोजना गरिने सो सम्मेलन दोस्रो पटक नेपालमा आयोजना भएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सम्मेलनको शुभारम्भ गरे । परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेलले दक्षिण एशिया र चीनबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको र यस्ता कार्यक्रमले सम्बन्धलाई थप मजबुत बनाउन सहयोग मिल्ने बताए ।

अन्य देशसँगको मैत्री सम्बन्धका लागि चोककिङ जनसङ्घ, चीन (सिपिएएफएफसी) का उपाध्यक्ष लिन यीले चीन विगतदेखि नै दक्षिण एशियाका देशसँगको हार्दिकपूर्ण सम्बन्धको पक्षमा रहेको बताए ।

यस्ता मञ्चहरुले जनतादेखि जनतासम्म पुग्न थप बढावा मिल्ने उनको भनाइ थियो ।

श्रीलङ्का–चीन सामाजिक तथा सांस्कृतिक सहकार्य सङ्घका अध्यक्ष इन्द्रानन्दा अबिसेकरले यस सम्मेलनले चीन र दक्षिण एशियाका नागरिक एक अर्कासँग घुलमिलको वातावरण बनेको बताए ।

सोमबार चीन र दक्षिण एशियाली देशका प्रतिनिधि काठमाडौँ आएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ४ : ५० बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४