‘अघोरी बाबा’की श्रीमती ५ दिन प्रहरी हिरासतमै रहने | Khabarhub Khabarhub

‘अघोरी बाबा’की श्रीमती ५ दिन प्रहरी हिरासतमै रहने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित विजय केसीकी ‘श्रीमती’ शारदा पाण्डेमाथि अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद थप गरेको छ ।

पाण्डेविरुद्ध ७५ लाख रुपैयाँ ठगी गरेको भन्दै चितवन घर भएकी एक महिलाले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी थिइन् ।

ठगीको उजुरी परेपछि प्रहरीले अघोरी बाबा भिनने विजय केसी र उनकी श्रीमती शारदालाई कार्यालयमा बोलाएको थियो ।

शुरुमा ‘छलफल’कै माध्यमबाट विवाद टुंग्याउने प्रयास गरिएपनि पीडित भनिएकी महिलाले नमानेपछि पाण्डेलाई हिरासतमा राखिएको थियो ।

सोमबार पक्राउ परेकी पाण्डेलाई थप अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

अदालतले पाण्डेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद दिएको महानगरीय प्रहरी बृत्त बोद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ५ : ३५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका