प्रदेश ५ ले विकास प्राधिकरण गठन गर्ने « Khabarhub

प्रदेश ५ ले विकास प्राधिकरण गठन गर्ने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – प्रदेश नं ५ को सरकारले प्रदेशको समग्र पूर्वाधार विकासलाई प्रभावकारी बनाउन प्रदेश विकास प्राधिकरण गठन गर्ने भएको छ ।

प्रदेश सरकार मन्त्री परिषद्को मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले प्रदेश पूर्वाधार विकास स्थापना तथा सञ्चालन आदेश, २०७६ लाई स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने प्राधिकरणको सहअध्यक्षमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री, उपाध्यक्षमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री तथा सदस्यहरुमा प्रदेश सरकारका प्रमुख सचिवसहित विषयगत मन्त्रालयका सचिवसमेत रहने व्यवस्था गरिएको छ ।

यस्तै बैठकले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि अस्पतालसँगै जोडिएको इलाका वन कार्यालयको स्वामित्वमा रहेको जग्गा अस्पतालको स्वामित्वमा हस्तान्तरणका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिए । उक्त जग्गाको क्षेत्रफल आठ हजार ५०५ दशमलव २८ वर्ग मिटर छ ।

बैठकले प्रदेश सरकारले सञ्चालन गर्ने बहुवर्षीय योजनाका लागि बहुवर्षीय योजना स्वीकृति तथा मापदण्ड, २०७६ समेत स्वीकृत गरेको छ । यस्तै स्थानीय तहले आफ्नो तहअन्तर्गत सञ्चालन हुने मनोरञ्जनका लागि मनोरञ्जन कर नियमावली, २०७६ समेत स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए । यो नियमावली स्वीकृतसँगै अब स्थानीय तहलाई मनोरञ्जन कर उठाउने बाटो खुला भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : ०१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित