राजस्व छलि अभियोगमा ११ करोड बिगो दाबीसहित मुद्दा दर्ता « Khabarhub

राजस्व छलि अभियोगमा ११ करोड बिगो दाबीसहित मुद्दा दर्ता


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व छलि अभियोगमा तीन जनाविरुद्ध  ११ करोड बढीको विगो दाबीसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

विभागले हस्पी केयर इन्टरनेशनलमा कारोवार गर्ने फरार मुख्य व्यक्ति केशव वंशल, फर्मका प्रोप्राईटर रामसुन्दर रायभर र श्री श्याम ट्रेडर्सका प्रोप्राईटर राकेश पाण्डेयविरुद्ध कर छली अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागले उनीहरुविरुद्ध ११ करोड १९ लाख ८४ हजार १ सय ६४ रुपैयाँ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।

उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

भारतीय नागरिक बंशलले राजस्व चुहावट गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधनहरु नेपाली नागरिकहरुको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको विभागले जनाएको छ ।

प्रतिवादीहरुले मु.अ.कर तर्फ ३ करोड १२ लाख १९ हजार ९ सय ५९ रुपैयाँ र आयकर तर्फ ८ करोड ७ लाख ६४ हजार २ सय पाँच रुपैयाँ राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ४२ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ